Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन जनालाई निकाल्दै ज्वालालाई केन्द्रको जिम्मा

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीका ३ सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने निर्णय गरेको छ भने पार्टीका राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्य समेत रहेका प्रकाश ज्वालालाई पार्टी पार्टी सदस्य समेत नरहने गरी निष्काशन गर्न पार्टी केन्द्रमा सिफारिस भएको छ । शनिबार बसेको पार्टीको बैठकले वैशाख ३ गतेदेखि नै लागू हुनेगरी प्रदेशसभा सदस्यत्रय नन्दसिंह बुढा, अमर बहादुर थापा र कुर्मराज शाहीलाई पार्टी सदस्यसमेत नरहने गरी निष्काशन गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार प्रदेशसभामा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत लिँदा चार प्रदेशसभा सदस्यले पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका थिए ।