Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

तीन सिटसहित श्रम संस्कृति पाचौँ पार्टी

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले तीन वटा निर्वाचन क्षेत्रमा विजय हासिल गरेको छ । यो पार्टीबाट सुनसरी १ मा पार्टी अध्यक्ष हर्कराज राई विजयी भएका छन् । उनले ३४ हजार ७४१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङले २७,२४९ मत ल्याइन् । तामाङ २०७९ को निर्वाचनमा नेकपा नेता अशोक राईसँग ४४६ मतले पराजित भएकी थिइन् । यस्तै २०७९ को निर्वाचनमा माओवादी केन्द्रका नेता सुदन किरातीले जितेको क्षेत्र भोजपुरबाट पनि धुर्वराज राईले संघ संस्कृति पार्टीबाट विजयी भएका छन् । उनले नेकपा एमालेका सचिव शेरधन राईलाई पराजित गरेका हुन् । ध्रुवले १६,६६३ मत ल्याउँदा शेरधनले १४,७५० मत ल्याए । यस्तै कोशी प्रदेशबाट नै श्रम संस्कृति पार्टीबाट आरेन राई विजयी भएका छन् । खोटाङ १ बाट आरेनले १६,६१२ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्दी नेकपा एमालेका देवविक्रम राईले १२७१४ मत ल्याए । आरेन युवा उम्मेदवार हुन्। कोशीबाट हर्क साम्पाङको पार्टीले उत्साहजनक नतिजा ल्याइरहेको देखिन्छ । समानुपातिकमा पनि श्रम संस्कृतिले आफ्नो मत बढाइरहेको छ । देशभरका १६५ औँ निर्वाचन क्षेत्रमध्ये यो पार्टीले १०९ क्षेत्रमा आफ्नो उम्मेदवार उठाएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले हालसम्मको नतिजामा ११८ स्थान जितेर पहिलो पार्टी बन्दा नेपाली कांग्रेसले १७ ठाउँमा जितेर चित्त बुझाइरहेको छ । नेकपा एमालेले हालसम्ममा सात ठाउँ जितेको छ भने तीन ठाउँमा अग्रता कायम राखेको छ । नेपाल कम्युनिस्ट पार्टीले सात ठाउँमा जिताए एक ठाउँमा अग्रता कायम राखेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्ममा सात ठाउँमा अग्रता कायम राख्दा कांग्रेसले कुनै पनि ठाउँमा अग्रता राखेको छैन । श्रम संस्कृति पार्टीले तीन ठाउँ जित्दा अब कुनै पनि स्थानमा अग्रता लिएको नहुनाले अन्य ठाउँ जित्ने सम्भावना छैन । श्रम संस्कृति पार्टीले हालसम्मको नतिजा हेर्दा समानुपातिकमा ७१,५७१ मत ल्याएको छ । श्रम संस्कृति पार्टीको लहर हेर्दा कोशीका विभिन्न स्थानमा दोस्रो नम्बरमा देखिन्छ। देशभरि समानुपातिकको मत गणना जारी रहेकाले श्रम संस्कृति पार्टीले थ्रेसहोल्ड कटाउने सम्भावना जीवित रहेको देखिन्छ ।


सम्बन्धित समाचार

बालेनको नेतृत्वमा कसरी बन्छ सरकार ?

२०८२ फाल्गुन २७

ताजा नेपाल

दुई तिहाई नजिक पुगेर रोकियो रास्वपा

२०८२ फाल्गुन २७

ताजा नेपाल

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल