Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाल आयल निगमका डिपोहरुमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १३ सय ट्यांकर पेट्रोलियम चोरीमा संलग्न रहेको पाइएको छ । ती ट्यांकर भारतदेखि नेपालका केन्द्रीय र प्रादेशिक डिपोसम्म इन्धन ढुवानी गर्दा अपचलनमा संलग्न भएको निगमले बताएको छ ।
निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलका अनुसार, ती ट्यांकरले फल्स च्याम्बर बनाएर तेल चोर्ने, सर्भिस ट्यांकमा पाइप जडान गरेर तेल झिक्ने, मिसावट गर्ने लगायतका अपचलन गरेका थिए । ती सबै ट्यांकरलाई कारबाहीमा परेका छन् ।
पौडेलका अनुसार, निगमले इन्धन ढुवानी गर्न १८ सय ट्यांकरसँग करार गरेको थियो । यी मध्ये ७२ प्रतिशतभन्दा बढी ट्यांकर तेल चोरीमा संलग्न देखिएका छन् ।
चोरीका अनेक उपाय
भारतको बरौनी डिपोबाट पेट्रोल उठाएका दुईवटा ट्यांकर गत मंसिर ३ गते निगमको बागमती प्रादेशिक डिपो, थानकोट आइपुगे । वीर बेताल आशिर्वाद कम्पनीको ना७ख ३९९६ र ना७ख २९९५ नम्बरको ती ट्यांकरले नियमित जस्तैगरी निगमको भण्डारण केन्द्रमा पेट्रोल खन्याएका थिए ।
बरौनी डिपोबाट जुनसुकै ट्यांकरले २० हजार लिटर पेट्रोल बोक्छन् । तर, ती दुई ट्यांकरले एक(एक हजार लिटर कम पेट्रोल थानकोट डिपोमा खन्याएको अवस्थामा उनीहरुले करिब एक एक लाख रुपैयाँको तेल बाटैमा गायव पारेको सुचना निगमलाई प्राप्त भयो । त्यसपछि निगम र नापतौल तथा गुणस्तर विभागका प्राविधिकहरुले फल्स च्याम्बर बनाएर ती ट्यांकरले पेट्रोल चोरेको पत्ता लगाएका हुन् ।
मंसिरदेखि माघ अन्तिसम्म ट्यांकरहरुले तीन किसिमले चोरी गरेको पाइएको निगमका अधिकारीहरु बताउँछन् । फल्स च्याम्बर बनाएर ट्यांकरभित्रै इन्धन लुकाउने, पेट्रोल झिकेर मट्टीतेल मिसाउने र ठूलो परिमाणको चोरी नदेखिनेगरी थोरै थोरै झिक्ने गरेको पाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए ।
पेट्रोलियम अपचलन गर्ने पाँच जना चालक तथा सहचालकलाई कालोबजारी मुद्दा चलाएको निगमको दाबी छ । यीमध्ये दुई जना धरौटीमा छुटेका छन् । अन्य दर्जनौं ढुवानीकर्तालाई जरिवानासहित दुई सातासम्म प्रतिबन्ध लगाएको निगमका प्रवक्ता उपाध्याय बताउँछन् ।
ढुवानीकर्ता अपराध छोप्छन्
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष विश्वप्रसाद अर्याल कानुनीरुपमा चलेका पेट्रोलियम ट्रक ट्यांकरहरुलाई निगमले चोरीको आरोप लगाएर प्रचारमुखी काम गरेको बताउँछन् । तर उनी ट्यांकरहरुले गरेको अपराधलाई ढाकछोप गर्न रुचाउछन् । अर्याल जस्तै ट्यांकरका मालिकहरु धेरै छन् । उनीहरुले आफूलाई नेपाली काग्रेसको हबला दिदै निगमका कुशल व्यवस्थापक पौडेल विरुद्ध अभियान चलाएका छन् । संंस्थागत सुधारमा लागेको कारण पौडेल बेला बखत विवादमा पर्दै आए पनि राम्रो कामको कारण उनलाई सरकारले समेत साथ दिदै आएको छ ।
यति धेरै ट्रक ट्यांकर अपचलनमा नलागेको, लागेकै भए त्यसमा निगमका कर्मचारी संलग्न रहेको उनले बताए । निगमका कर्मचारी संलग्न नभइ ट्याङ्करका चालकले मात्र अपचलन गर्नै नसक्ने अर्यालको भनाइ छ ।
‘निगम नोक्सानी सुधार भयो भनेर कर्मचारीलाई पुरस्कृत हुुन्छन । यत्रो चोरी हुँदा नोक्सान कसरी घट्यो भन्ने प्रमाण निगमले बारम्बार सार्वजनिक गरिरहेको छ । तर पनि ट्यांकर मालिकहरुलाई तह लगाउने कडा कानून नहुदा राजनिति झण्डा भित्र यो लुट भइरहेको छ ।
मेकानिकल लकिङ फेल
निगमले पेट्रोलियम चोरी रोक्न भन्दै करोडौं खर्च गरेर मेकानिकल लकिङ प्रणाली अपनाएको छ । यही प्रणाली तोडेरै चालकहरुले धमाधम तेल चोरेको निगमकै भनाइ छ । यसलाई रोक्न निगमको व्यवस्थापनले गरेको प्रयास सफल भएको छैन ।
निगमका इन्जिनियर तथा थानकोट डिपो प्रमुख प्रदीपकुमार यादव अपचलनमा मुछिएका ढुवानी ट्रक र ट्यांकर चालकहरुले कुनै न कुनै रुपमा मेकानिकल लकिङ तोडेको ‘हुन सक्ने बताउँछन् । ‘मेकानिकल लकिङ सुरु भएको दुई महिनासम्म त चोरी ठप्पै भएको थियो । तर त्यसपछि यो प्रणालीबाट चोर्न भारतमा सिकेजस्तो देखिन्छ । अब मेकानिकल लकिङ प्रणाली विस्थापित गर्न जिपीआरएस ट्र्याकिङसहितको नयाँ प्रविधि अपनाउन निगमले काम गरिरहेको यादवले बताएका हुन् ।
२०८१ पुष १६
ताजा नेपाल
२०८१ पुष १४
ताजा नेपाल
२०८१ पुष १४
ताजा नेपाल