Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

त्यसपछि ओलीले दिए पार्टी फुटाउने चेतावनी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद अहिले मैदानमा छताछुुल्ल छ । अध्यक्ष तथा प्रधानन्त्री केपी शर्मा ओलीविरुद्ध अन्य नेताहरु एक ढिक्का भएपछि अप्ठ्यारोमा परेका ओलीले संसद विघटन गरेर अर्को रडाको प्रदर्शन गरिसकेका छन् । प्रधानमन्त्री एवं सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकको निर्णय चित्त नबुझे पुनः राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर आफूले पार्टी फुटाउन सक्ने चेतावनी दिएका छन् । स्थायी कमिटीमा बहुमत सदस्यको साथ पाएका अर्का अध्यक्ष प्रचण्डलाई ओलीले आफ्नो राजीनामा माग्ने निर्णय भए पार्टी फुट्न सक्ने चेतावनी दिएका हुन् । बिहीबार संघीय संसदको अधिवेशन अन्त्य गर्न लागेको कुरा सुनेपछि बुझ्न गएका प्रचण्डलाई ओलीले यस्तो जवाफ दिएका हुन् । प्रचण्डका साथमा विष्णु पौडेल पनि बालुवाटार पुगेका थिए । ओली त्यहाँ आफूनिकट मन्त्री र स्थायी कमिटी सदस्यहरूसँग छलफल गरिरहेका थिए । प्रचण्डलाई ओलीले अध्यादेश आउँदैन भन्न नसकिने जवाफ दिए । अध्यादेश ल्याउनकै लागि प्रधानमन्त्री संसद अधिवेशन अन्त्य गर्न हतारिएको बुझेका प्रचण्ड त्यसपछि राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए । स्रोतका अनुसार प्रचण्डले राष्ट्रपतिसँग सरकारले अध्यादेश ल्याए त्यसले ठूलो दुर्घटना निम्त्याउन सक्ने बताएका थिए । राष्ट्रपतिलाई भेटेर फर्किएपछि उनले आफूनिकट सचिवालय सदस्य, स्थायी कमिटी सदस्यसँगको छलफल तीव्र पारेका छन् । वरिष्ठ नेता माधवकुमार नेपाल पनि कुनै हालतमा ओलीलाई यसपटक हटाउनुपर्ने पक्षमा देखिएका छन् । पार्टीभित्र मतान्तर बढेका बेला भारतसँग मिलेर आफूलाई हटाउने षडयन्त्र भइरहेको बताएपछि प्रचण्ड, नेपाल, वामदेव गौतम, झलनाथ खनाल तथा बहुमत स्थायी कमिटी सदस्यहरूले प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आएका छन् । अहिले राजनीतिक दलसम्बन्धी कानुनअनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान छ ।