Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थप २ जनामा कोरोना पुष्टि, संक्रमित चार दर्जन पुग्न लाग्यो

काठमाडौं । नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिबाट गरिएको परीक्षणमा १ र जनकपुरमा परीक्षणका क्रममा १ गरी २ जनामा कोरोना संक्रमण देखिएको बताए । काठमाडौंमा परीक्षणका क्रममा कोरोना देखिनेमा उदयपुरकी ५५ वर्षीया महिला छन् । यस्तै जनकपुरमा गरिएको परीक्षणमा कोरोना देखिनेमा १४ वर्षीया बालक छन् । बिहीबार २ कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ ।


सम्बन्धित समाचार