Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थापा र शर्माको प्रस्ताव अलपत्र

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रस्तव ठाडै अस्वीकार गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा एजेण्डाका रूपमा नियमित महाधिवेशन मंसिरमा हुने गरी कार्यतालिका ल्याउने प्रस्ताव गरेका थिए ।

आज बिहान भएको भेटमा महामन्त्रीहरूको त्यो प्रस्तव देउवाले अस्वीकार गरेका छन् ।

एजेण्डाबारे महामन्त्रीद्वय र सभापति देउवाबीच कुरा नमिलेपछि केन्द्रीय समिति बैठक सभापति देउवाले आफ्नो वक्तव्य पढेपछि स्थगित गर्ने तयारी भएको छ ।

देउवाले महामन्त्रीद्वयलाई महाधिवेशनका विषयमा सल्लाह गरेर मात्रै अघि बढ्नु पर्ने बताएका छन्। केन्द्रीय समिति बैठक बिहीबार राख्ने तयारी छ ।

केन्द्रीय समितिमा सभापतिसँगको परामर्शमा महामन्त्रीहरूले एजेन्डा पेस गर्ने प्रचलन भएकाले महामन्त्रीद्वय एजेण्डाका विषयमा छलफल गर्न देउवालाई भेटेका थिए यो बिचमा संस्थापन पक्ष र ईतर पक्ष आ . आफ्ना एजेण्डामा छलफलमा जुट्ने छन् ।


सम्बन्धित समाचार