Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

थापाको स्वास्थ्य अवस्था अत्यन्त्यै जटिल

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताइएको छ । उनको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट आइतबार जारी विज्ञप्तिमा अवस्था जटिल हुँदै गएको उल्लेख गरिएको छ । अहिले अस्पतालमा ईसीएमओ प्रविधिबाट विशेषज्ञहरुबाट, अस्पताल भन्दा बाहिरका विशेषज्ञहरूको राय सल्लाहलाई समेत मध्यनजर गर्दै, उहाँको उपचार भैरहेको भए तापनि उज्वलको अवस्था जटिल हुँदै गएको छ, विज्ञप्तिमा भनिएको छ, उहाँको उपचारको क्रममा उपलब्ध सबै विधिहरूको प्रयोग गरेको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी गराउनु भएको छ । कोरोना भाइरसबाट संक्रमित भई करिब दुई हप्तादेखि ह्याम्स, ग्रान्डी अस्पताल लगायतका अस्पतालमा उपचार गराएका उनको विगत तीन दिनदेखि भने नेपाल मेडिसिटी अस्पतालमा उपचार भैरहेको छ । ताजानेपाल परिवार युवा नेता थापाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल