Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडले असार ५ गते मंगलबारदेखि निष्काशन खुला गरेको आईपीओ आवेदन दिने आज ८ गते शुक्रबार अन्तिम दिने हो ।
इच्छुक लगानीकर्ताहरुले आज कार्यालय समयभित्र उक्त कम्पनीको आईपीओका लागि आवेदन दिन सक्ने छन् ।
कम्पनीले ६ लाख १३ हजार १ सय ६२ कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।
सर्वसाधारणका लागि छुट्याइएको शेयर ६१ हजार ३ सय १४ जनाले १०–१० कित्ता र २ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।
सेबोनबाट १२ करोड ३१ लाख २५ हजार रुपियाँ बराबरको १२ लाख ३१ हजार २ सय ५० कित्ता आईपीओ निष्काशनको अनुमति पाएको मध्ये ७३ हजार ८ सय ७५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली र ४ लाख ९२ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई बिक्री गरिसकेको छ ।
कर्मचारीलाई १४ हजार ७ सय ७५ कित्ता र सामूहिक लगानी कोषका लागि ३६ हजार ९ सय ३८ कित्ता शेयर छुट्याइएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जानकारी दिएको छ ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल