Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा फेला परेको महिलाको शव पहिचानमा समस्या भएको छ । अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको बताइएको छ । घटनास्थलमा सँगैको रुखको हाँगामा महिलाको मास्क भेटिएको छ ।
मङ्गलबार अर्धनग्न अवस्थामा फेला परेको शवसँगै उनले लगाएको चप्पल भेटिएको थियो । हत्या गरेर छाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले ताजानेपाललाई बताए । सनाखत हुन सकेको छैन एसएसपी खापुङले भने, हत्या गरेर छोडेको हाम्रो निष्कर्ष छ, सनाखत गर्ने प्रयास गरिरहेका छौं । घटनास्थलमा मृतकको नक्कली गहना पनि फेला परेको छ । घटना अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको थियो ।
तर, कुकुर घटनास्थल वरपर मात्र घुमेको र हत्यारा हिँडेको बाटोको ट्रयाक नलिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । मृतकको मास्क, कपडा र चप्पल कसैले चिनेमा अपराध महाशाखामा खबर गर्न एसएसपी खापुङले आग्रह गरेका छन् ।
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल