Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दक्षिणकालीमा हत्या गरेर लास छोडेको रहेछ प्रहरी

काठमाडौं । काठमाडौंको दक्षिणकाली मन्दिरस्थित पार्किङसँगैको शौचालयमा फेला परेको महिलाको शव पहिचानमा समस्या भएको छ । अनुहार चिन्न नसक्ने गरी लागेको चोटका कारण शव पहिचानमा समस्या भएको बताइएको छ । घटनास्थलमा सँगैको रुखको हाँगामा महिलाको मास्क भेटिएको छ । मङ्गलबार अर्धनग्न अवस्थामा फेला परेको शवसँगै उनले लगाएको चप्पल भेटिएको थियो । हत्या गरेर छाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।‘सनाखत हुन सकेको छैन्’ एसएसपी खापुङले भने, ‘हत्या गरेर छोडेको हाम्रो निष्कर्ष छ, सनाखत गर्ने प्रयास गरिरहेका छौं ।’घटनास्थलमा मृतकको नक्कली गहना पनि फेला परेको छ । घटना अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर पनि प्रयोग गरेको थियो । तर, कुकुर घटनास्थल वरपर मात्र घुमेको र हत्यारा हिँडेको बाटोको ट्रयाक नलिएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । मृतकको मास्क, कपडा र चप्पल कसैले चिनेमा अपराध महाशाखामा खबर गर्न एसएसपी खापुङले आग्रह गरेका छन्


सम्बन्धित समाचार