Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दबेको अपराध यसरी खोतल्दै छ सिआईबी

काठमाडौं । नेतृत्वले चाहेको खण्डमा अपराध जतिसुकै पुरानो होस् त्यसको जरोसम्म अनुसन्धान पुग्छ भन्ने कुरा सिआईबीको पछिल्लो सक्रियताले पुष्टि गर्छ । विगतमा अपराधीसम्म पुगेको त्यही शक्तिलाई उच्च तहबाट आदेश गयो तिब्बती मुलका कुन्जोकलाई पक्राउ नगर्नु । तर यस पटक एसएसपीको पदावधि अपराध अनुसन्धानमा बसेर डिआईजी भएका सहकुल थापा डटेर लागे । उनले सिआईबीको नेतृत्व लिएको छोटो समयमा १५ वर्षदेखि राजनीति र प्रशासनिक संरक्षण पाएका वन्यजन्तु तस्करलाई पक्राउ गरियो । तस्कर लामाले तिब्बतमा वन्यजन्तु बाघको छाला हाड बिक्री गर्ने गरेको छानविनले देखायो । तस्करीकै कमाईले लामाले सिमलटारको महलबाट आफ्नो धन्दा चलाएका थिए । देखावटी रुपमा सहकारीबाट पैसा लिएर गार्मेन्ट चलाएका लामाको खोजी इन्टरपोलबाट पनि भएको प्रहरी सूत्र बताउँछ । लामाकै गिरोहलाई नेपाली सेनाले २०६२ सालमा रसुवामा पक्राउ गरेको थियो ।

त्यही बेलादेखि नै लामा शंकाको घेरामा थिए ।
नेपालबाट तस्करी पेशा चलाउने विभिन्न देशको भ्रमण गर्ने अपराधी धेरै हुन्छन् । लामा त्यही प्रकारका अपराधी भएको बताइन्छ । दुईथरि नाम भएकाले पनि अनुसन्धनकर्ताहरूलाई झमेला थियो । कुञ्जोक छिरिङ तामाङको नामबाट नागरिकता लिएर कारोबार गरेका कञ्जोक लामा लामो अनुसन्धानले एकै व्यक्ति भएको पुष्टि गर्दा मोबाइल सिमकार्ड, वैकिङ कारोबारका कागजपत्र छानविन गरियो । कर्मचारीदेखि प्रहरीका उपल्लो तहका हाकिमसँग सम्बन्ध भएकाले उनी ढुक्क थिए । जब थापाले सिआईबीको नेतृत्व सम्हाले उनको ध्यान यसैमा गयो । केरकारमा रहँदा नै उनले लामाको कारोबारका बारे हेक्का राखेका थिए । उनकै समयमा शुरु भएको कृषि विकास बैंकको सफ्टवेयर ह्याकिङ प्रकरणमा सहभागी भएर फरार रहेका सौजन तामाङलाई केरकारले शनिबार पक्राउ गरेको छ । नेपालमा राजनीति संरक्षणमा दबेका अपराध धेरै छन् । सिआईबीले इमान्दारीता देखायो प्रहरीको नेतृत्व पैसामा बिकेन भने यस्ता अपराध छताछुल्ल हुनेछन् । किनकि प्रहरीको अहिलेको पुस्ता कार्यक्षेत्रमा सफल छ । राजनीतिक हस्तक्षेपले गलित हिजोको अवस्थामा कर्तव्य भन्दा आदेशको महत्व हुन्थ्यो । आदेश त फौजी संगठनमा चाहिन्छ तर त्यसले संगठनको गरिमा राखेर आदेशको पालन भयो भने प्रतिष्ठा संस्थाको बढ्छ आज्ञा पालकले शिर उठाउन सक्छ ।