Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दरबार हत्याकाण्ड हार्ड ‘कू’ थियो भने ओलीको प्रतिनिधिसभा विघटन सफ्ट ‘कू’

चिनिँया प्रतिनिधिमण्डलको भ्रमणको सन्देशले नेपालको राजनीतिमा चिन र अमेरिका आमने सामने भएको अवस्था पुष्टि भएको छ । २०५८ जेठ १९ को दरबार हत्याकाण्ड हार्ड सैन्य कू थियो त्यसको उद्देश्य नेपालमा चीनलाई रोक्ने र इन्डो अमेरिकी अखडा निर्माण गर्ने लक्ष्य केन्द्रीत थियो । बुआओ फोरमबाट फर्केपछि राजा वीरेन्द्र परिवारको कत्लेआम गरिएको थियो । ततपश्चात् तत्कालिन चिनियाँ राष्ट्रपति जियाङ जमिनले अघोषित रुपमा यसको मूल्य कुनै समयमा चुकाउनु पर्ने सन्देश दिएका थिए । दरबार हत्याकाण्डजस्तै प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन सफ्ट कू हो ।

यसलाई समर्थन गर्नेहरू पनि यो सफ्ट कूका मतियारहरू हुन् । यसको उद्देश्य पनि नेपालबाट समाप्त हुन लागेको वीरेन्द्र परिवारको हत्या गर्ने देशी विदेशी शक्ति केन्द्रलाई पुनस्र्थापति गर्ने र चिनलाई घेर्ने आधार निर्माण गर्नु नै हो । बाध्यात्मक अवस्थामा चीनसँग सम्झौता गर्न पुगेका प्रधानमन्त्री ओली फर्केर दिल्ली र वासिङटनको काखमा गएका छन् । एमसीसीबाट निर्वस्त्र हुँदै गएका प्रधानमन्त्री ओली संसद विघटनसम्म आइपुग्दा वस्त्र विहीन बनेका छन् । यो अवस्थामा नेपालको राजनीतिक अवस्था बुझ्न चिनियाँ प्रतिनिधिमण्डलको नेपाल आगामन भएको सहजै अन्दाज गर्न सकिन्छ ।

हुन ओली र माधव नेपाल कुनै नयाँ अनुहार होइनन् र थिएनन् । जसको राजनीतिक केन्द्रमा उदय चीनबाट फर्केपछि हत्या गरिएका मदन पछि भएको थियो । तथापि चीनले नेपालको कम्युनिष्ट आन्दोलन र नेतृत्वमा जुनसुकै देशी विदेशी एजेन्टहरू भए पनि जनमत चीन मैत्री हो भन्ने विश्वासका साथ नेकपा एकीकृत नै रहोस् भन्ने चाहना राख्नु स्वाभाविक थियो । तर ओलीले जसरी श्रीलंकामा महेन्द्रा राजपाक्षे जस्ता राष्ट्रवादी नेतृत्व विरुद्ध रअ र सिआइर्एले मैत्री पाला श्रीसेनालाई खडा गरेको थियो केपी ओलीलाई त्यसरी नै उभ्याउन सफल भयो । यसकारण जसरी श्रीलंकामा महेन्द्रा राजपाक्षे चीन र श्रीलंकाली जनताले पुनः राजपाक्षेलाई पुनस्र्थापित गरे त्यसरी नै नेपालमा पनि त्यही रणनीति नै उपयुक्त हुने देखिन्छ ।

संसद विघटनपछि एकथरि आक्रान्तकारीहरू उत्साहित बनेका छन् । नेपाललाई अराजकतामा लैजान सकिन्छ कि भनेर उनीहरू नयाँ खिलराज मोडलमा अमेरिकी कित्ताको सरकारको दिशामा छन् । संसद विघटनपछि त्यो खेल प्रारम्भ भइसकेको छ । यो अवस्थामा यस्ता षड्यन्त्रहरूलाई पर्दाफास गर्दै धैर्यतापूर्वक अघि बढ्नु पर्दछ । हो, संकट सिर्जना भएको छ । यस्ता संकटहरू नेपालले पार गर्दै पनि आइरहेको छ । समय अनुसार पात्रहरू फेरिएका छन् । नयाँ पात्रहरूको उदय भइरहेको छ । व्यवस्था फेरिएको छ । प्रवृत्ति फेरिएको छैन । यसर्थ जबसम्म प्रवृत्ति फेरिँदैन व्यवस्था फेरिँदैमा कुनै परिणाम आउँदैन ।

प्रचण्ड नेपाल या काँग्रेससँग पनि एजेन्डा छैन । कथित धर्म निरपेक्षता र संघीयता जस्ता युरोपियन र पश्चिमा क्रिश्चियन एजेन्डा बोकेर परिवर्तनको ठेकेदार बन्न खोज्नुले अझै रसातलमा पुर्याउने छ र त्यसको फाइदा ओलीले नै लिनेछन् । उनलाई संसद विघटन गर्न लगाउने देशी विदेशी शक्ति केन्द्रले लिनेछन् । यसर्थ संघीयता र धर्म निरपेक्षताको खारेजी अनिवार्य छ । अबको निर्वाचन रोक्न षड्यन्त्र हुनेछ ।

त्यसलाई परास्त गर्दै राष्ट्रिय सरोकारका मुद्दाका साथ आफ्ना एजेन्डा पुनरपरिभाषित गर्न नसके प्रचण्ड खेमाको अस्तित्व पनि नामेट हुनसक्छ । इतिहासको गम्भीर कमी कमजोरीबाट पाठ सिकेर नेकपा एकताको आधार पुनः पुननिर्माण गर्नु पर्दछ नयाँ र दीर्घकालीन राष्ट्र रक्षाको एजेन्डा सहित । नेपालमा चीन र अमेरिका आमने सामने भइरहेको अवस्थामा हेक्का राख्न जरुरी छ, श्रीलंकाको श्रीसेनाको अवस्था ओलीले भोग्न नपर्ला भन्न सकिँदैन ।