Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आज जेठ १९ । २०५८ साल जेठ १९ को राति तत्कालिन राजा वीरेन्द्रको वंश नास भयो । घटना घटेको आज २२ वर्ष पुगेको छ । तर त्यसको छानविन त्यतिबेलै टुंग्याइयो । जुन छानविनप्रति जनताको विश्वास छैन । २०५८ साल जेठ १९ गते राति नारायणहिटी राजदरबारमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतीसहित राज परिवारका आठजनाको हत्या भएको थियो । सदाको शुक्रबार झैं राजपरिवारका सबै सदस्य सहभागी भएको रात्रिभोजमा घटाइएको त्यो नरसंहारको रहस्य अझै खुल्न सकेको छैन । हत्याकाण्ड अहिलेसम्म कसरी भयो भन्ने तथ्य सार्वजनिक हुन नसक्नुको कारण लोकतन्त्र प्राप्तिपछिका राजनीतिक दलहरुले पनि चासो नदिनु हो । कुनै पनि नियोजित हत्याकाण्ड चाहे त्यो दाशढुंगा हत्याकाण्ड नै किन नहोस् वर्षौपछि पनि जनताको चाहनाअनुसार छानविन समिति बन्न सक्छ र पुनः अनुसन्धान हुन सक्दछ । तर दरबार हत्याकाण्डको प्रवृत्ति फरक छ । यहाँ एउटै थलोमा भोज खान जम्मा भएकाहरुमध्येबाट राजा वीरेन्द्रकै वंश खोजी खोजी हत्या गरिएको छ । त्यो नियोजित र निर्देशित भएर नै तत्कालिन राजा वीरेन्द्रको सम्पूर्ण परिवारको कत्लेआम गरिएको अझै पनि आम नागरिकमा आशंका जिवितै छ । राजा वीरेन्द्रको वंश विनाशसँगै जनतामा राजतन्त्रप्रतिको आस्था गुग्दै जाँदा अन्ततः त्यो व्यवस्था इतिहासमा सीमित भएको छ । तर राजनीतिक दलहरुको अकर्मन्यता बढ्दै गर्दा जनतामा आक्रोश चुलिएको छ । राजनीतिक दलका पात्रहरुको प्रवृत्तिका कारण व्यवस्थाप्रति नै असन्तुष्टि बढेको छ । कुनै पनि व्यवस्था गलत हुँदैन त्यसलाई सञ्चालन गर्ने सञ्चालकहरुको प्रवृत्तिले त्यो व्यवस्थाको बदनाम गर्ने कि सबैको वाहवाही पाउने भन्ने हुन्छ । दरबार हत्याकाण्डपछि राजतन्त्रलाई निरन्तरता दिने प्रयास गरिए पनि त्यो संस्था नै इतिहास बनिसकेको छ । तर घटनाको यथार्थ सार्वजनिक हुन सकेको छैन । घटनाको विषयमा तत्कालै बनेका छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमाथि कसैको पनि विश्वास छैन । वीरेन्द्रको वंशनाश भएको नारायणहिटी परिसरको त्रिभुवन सदन वीरेन्द्रपछि राजा बनेका ज्ञानेन्द्र शाहको पालामा भत्काइदा प्रमाण नष्टको समेत उनले सहेका थिए । जेठ १९ मा यो घटनाका विषयमा एक दिन बहस हुन्छ फेरि सेलाउँछ । त्यसको छानविन गरेर सत्यतथ्य बाहिर ल्याउने चासो कसैको हुँदैन । होस् पनि कसरी, राजा वीरेन्द्रका भन्ने परिवार सबै एउटै घेराबन्दीमा मारिए । बाँकी हरेकालाई कहाँ कता भाग पाइएला भन्ने चिन्ताले सताएको छ । राजा वीरेन्द्रका कान्छा भाई धीरेन्द्र शाह पनि सोही घटनामा मारिएका थिए भने उनकी श्रीमतीको रहस्यमय हेलिकोप्टर दुर्घटनामा रारा तालमा ज्यान गएको छ । यो घटना पनि कसैले छानविन गरेन । जबकि त्यो तालमा बेपत्ता हेलिकोप्टर अहिलेसम्म फेला परेको छैन । दुर्घटना जस्तो बनाइएका रहस्यमय घटनाको भित्री पाटो खोतल्न मुस्किल छ । देशी विदेशी शक्ति केन्द्रका कारण पनि यस्ता घटनामा जनताका अगाडि सत्य सावित हुने प्रयास सत्ता सञ्चालकहरुले गर्छन् तर खोतल्ने प्रयास गर्दैनन् भन्ने कुरा मदन भण्डारी हत्याकाण्डले पुष्टि गरेको छ । मदनको हत्यापछि राजनीतिमा आएकी उनकी पत्नी रक्षामन्त्री हुँदै राष्ट्रपति सम्म बनिन् भने मदनकै सहयात्री केपी शर्मा ओली दुई पटक, माधवकुमार नेपाल १ पटक र झलनाथ खनाल १ पटक प्रधानमन्त्री भइसकेका छन् । मन्त्रीको जन्ती त ठूलै छ एमालेमा । तर त्यो घटनाको छानविन कसैले गर्दैन । गर्ने बचन भने सबैले दिन्छन् । दरबार हत्याकाण्डपछि नारायणहिटी राजदरबार यतिबेलासंग्राहलयमा परिणत गरिएको छ । व्यापारिक घरानालाई जिम्मा दिएर नारायणहिटीमा भट्टी चलाउने योजनामा पनि नबनाइएको होइन । तर ऐतिहासिक संग्रहालयलाई जनताको नजरमा स्थापित गर्ने योजनासाथ पछिल्लो सरकारले भट्टी पसल राख्न नदिने घोषणा ग¥यो । नेपाल ट्रष्ट अन्तर्गत रहेको नारायणहिटी संग्रहालयको अवलोकन गर्न प्रतिव्यक्ति रु २०० टिकट बेचेर कमाई गर्ने थलो बनाइएको छ । देशरक्षा साप्ताहिकबाट
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल