Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दर्जनसहित तीन दर्जनमा कोरोना देखियो

काठमाडौं । कोरोना संक्रमणको दर पछिल्ला दिनमा बढ्न थालेको छ । दैनिक दुई तीन सयको संख्यामा कोरोना बढ्ने क्रमसँग आज बिहानै तीन दर्जन नयाँ संक्रमित फेलापरेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाल प्रहरी, नेपाली सेना स्वास्थ्यकर्मी सहित ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा २८ जना पुरूष र ८ जना महिला रहेका छन् । संक्रमित हुनेमा १९ वर्षका युवा देखि ५३ वर्षका पुरूष समेत रहेका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएअनुसार संक्रमण पुष्टि भएका ३६ जना मध्ये नारायणी अस्पतालका १० स्वास्थ्यकर्मी रहेका छन् । ३४ वर्षका २ जना नेपाली सेना, २४ वर्षका १ जना नेपाल प्रहरी र नारायणी अस्पतालका १ जना डाक्टर , १ जना एम्बुलेन्स चालक ८ जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए । यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ८ का २ जना , वडा नम्बर १ का १ जना , वडा नम्बर २ का १ जना , वडा नम्बर १६ का १ जना , वडा नम्बर २३ का १ जना , वडा नम्बर ४ का ३ जना, वडा नम्बर १२ का ३ जना, वडा नम्बर ३ का १ जना, वडा नम्बर १५ का १ जना, पर्साकै जगरनाथपुर का १ जना रहेको मेसु उपाध्यायले जानकारी दिए । यस्तै बारा जिल्ला जितपुर हेल्थ पोष्टका २४ र २७ वर्षका २ जना स्वास्थ्यकर्मी रहेका छन् भने बारा जिल्ला कलैया वडा १ का ३४ वर्षका १ जना पुरुष रहेका छन् ।