Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दर्शक तर्साउन हलमा ‘घर’

गएको जेठमा प्रदर्शनमा आएको मल्टीस्टारर फिल्म ‘जात्रै जात्रा’ पछि हप्तैपिच्छे प्रदर्शनमा आएका कुनै नेपाली फिल्मले निर्माताको खल्ती भर्न सकेका छैनन् । न त दर्शकलाई नै सन्तुष्ट बनाउन सकेका छन् । हरेक हप्ता निर्माताको करोडौंको लगानी बालुवामा पानी भइरहँदा शुक्रबारबाट नेपालमा विरलै निर्माण हुने हरर जनराको फिल्म ‘घर’ ले प्रदर्शन थालेको छ ।
वर्षौदेखि लभस्टोरी र कमेडी फिल्मको विगविगि रहेको अवस्थामा निर्देशक तथा अभिनेता अर्पण थापाले दोस्रो पटक हरर फिल्म निर्माणमा जोखिम उठाएका छन् । यसअघि उनले हरर जनराकै फिल्म सुनकेसरीुको निर्देशन गरेका थिए । तर, यो फिल्मले दर्शकलाई तर्साएन, पेट मिचिमिची हँसायो । हरर फिल्मले दर्शक हँसाउनु भनेको फिल्मको असफलता मानिन्छ ।
सुनकेसरीु बाट हरर फिल्मका पारखीलाई भड्काएको आरोप खेपेका अभिनेता टर्न निर्देशक अर्पण दर्शकको मनमा निरन्तर डर पैदा गर्न ‘घर’ सफल हुनेमा विश्वस्त छन् । यो फिल्मले व्यावसायिक सफलता हात पारेको खण्डमा कमेडी र लभस्टोरीझैँ नेपालमा हरर फिल्म निर्माणमा पनि बाढी लाग्ने कतिपयको विश्लेषण छ । तर, इतिहास पल्टाएर हेर्ने हो भने नेपालमा हरर फिल्म सफल छैनन् ।
एक घरभित्र हुने भुत(प्रेतको कथामा फिल्म ‘घर’ आधारित छ । अर्पणसँगै फिल्ममा सुरक्षा पन्त र बेनिशा हमाल प्रमुख भूमिकामा छन् । यो फिल्मको ट्रेलरले धेरैको ध्यान खिचेको छ । स्तरिय नेपाली हरर फिल्मको प्रतिक्षामा रहेका दर्शकलाई ‘घर’ उपयुक्त खुराक हुनसक्ने विश्वास गरिएको छ । फिल्ममा शर्मिला पाण्डे र दीपेन्द्र के। खनाल निर्मातामा छन् ।
निरज कँडेलले फिल्म खिचेका हुन् । सुरज पाण्डे प्रस्तुतकर्ता रहेको फिल्ममा अस्मिता खनाल, सरोज अर्याल, सृष्टि महर्जन र विकास खनालको पनि प्रमुख भूमिका रहेको छ । मिलन श्रेष्ठले फिल्मको सम्पादन गरेका छन् । यसमा अभिनेत्री सुरक्षा, अर्पणकी श्रीमतीको भूमिकामा छिन् । अभिनेत्री बेनिशा भने भूतको भूमिकामा छन्, जसका लागि उनले गेटअप परिवर्तन गरेकी छन् ।


सम्बन्धित समाचार