Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दल विभाजनसम्बन्धी फेरि आउँदै

काठमाडौं। फुटाउ र राज गर भन्ने सिद्धान्तमा रहेका प्रधानमन्त्री केपी ओली साना दल टुक्य्राउने दाउमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानु अगाडि नै दल विभाजन गर्न सहज हुनेगरी अध्यादेश ल्याउने तयारी गरेका छन्। अब बस्ने मन्त्रिपरिषद बैठकले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याउने तयारी गरेका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवाले अध्यादेश ल्याउन सहमति दिइसकेका छैनन्। तर, ओलीले अध्यादेश ल्याउने गृहकार्य गरेको र अब बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने स्रोतले जनाएको छ। नेकपाएमालेबाट विभाजन भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई जतिसक्दो छिटो विभाजन गर्ने ओलीको चाहना छ। एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल नेतृत्वको एकीकृत समाजवादी विभाजन गरेर विभाजित शक्तिलाई एमालेमा मिलाउन खोजेका छन्। एकीकृत समाजवादी फुटाउनका लागि अध्यादेश ल्याउने ओलीको चाहना भए पनि त्यसको प्रभाव रास्वपामा समेत पर्ने देखिन्छ। कतिपय अध्यादेशका कारण प्रमुख प्रतिपक्षी माओवादी केन्द्रमा समेत त्यसको प्रभाव पर्ने बताउँछन्। माओवादी केन्द्रका असन्तुष्ट नेताले समेत अध्यादेश आए पार्टी फुटाउने चर्चा भए पनि माओवादी केन्द्र विभाजन नहुने स्रोतको दाबी छ। प्रधानमन्त्री ओलीको चाहना राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर माधव नेपालको पार्टी विभाजन गराउने र विभाजित शक्तिलाई एमालेमा मिलाउने देखिन्छ। तर, त्यसको प्रभाव रास्वपादेखि माओवादी केन्द्रसहितका दलमा समेत पर्नसक्छ । रास्वपाबाट फुटेर आउने शक्ति कांग्रेसमा मिल्ने तर ती मिल्ने सांसद देउवाजीलाई समर्थन नगरी गगनकुमार थापा र शेखर कोइरालालाई समर्थन गर्ने देखिएकाले देउवाजी अध्यादेश ल्याउनेमा सहमत हुनुहुन्न, कांग्रेसका एक नेताले भने, कांग्रेसमा आउने रास्वपा सांसदले आफूलाई सहयोग पनि नगर्ने र माधवजीको पार्टी फुटाउन नचाहने देउवा अध्यादेश ल्याउने पक्षमा हुनुहुन्न। ओलीले रास्वाप सभापति रवि लामिछाने पक्राउ परेलगत्तै अध्यादेश ल्याउने तयारी गरेका थिए। तर देउवाले केही दिन कुर्न भनेपछि प्रधानमन्त्री ओली ब्याक भएका थिए। उनले कांग्रेसको आग्रहमा रविलाई पक्राउ गरेको र अब आफ्नो चाहना अनुसार अध्यादेश ल्याउन कांग्रेसले सहयोग गर्नुपर्ने अडान राखेका छन्। गठबन्धन सरकार भएकाले केही अप्ठेरा अवस्य छन्, तर अध्यादेश ल्याउने विषयमा प्रधानमन्त्रीले गृहकार्य गरिसक्नु भएको छ। उहाँले गृहकार्य गरिसकेपछि त्यो विषय जसरी पनि आइहाल्छ,’ ओली निकट स्रोतले भन्यो, ‘प्रधानमन्त्री चीन जानु अगाडि नै अध्यादेश आउँछ। पछिल्लो समय प्रधानमन्त्री ओली आफूलाई सरकारबाट हटाउनेन षड्यन्त्र भइरहेको भन्दै सार्वजनिक रुपमा नै असन्तुष्टि जनाउन थालेका छन्। आफूलाई चौतर्फी घेरा बन्दीमा पार्न खोजेको बुझेका ओलीले कांग्रेस तयार नभए पनि अध्यादेश ल्याउने तयारीमा जुटेका हुन्। ओली वर्तमान गठबन्धनप्रति इमान्दार देखिन्छन्। दुई दलबीच भएको सहमति अनुसार नै सरकार चलाउन बताउँदै आएका ओलीलाई बिच्क्याउने पक्षमा कांग्रेस पनि छैन। ओलीले अध्यादेश ल्याइ हाले त्यसैका कारण गठबन्धन तलमाथि नहुने देउवा निकट स्रोतले जनाएको छ। ओलीले अध्यादेश ल्याएर दल विभाजन गराउनसक्ने चाल पाएपछि त्रसित नेताहरूले छिटोभन्दा छिटो संसद् बैठक बोलाउन प्रतिपक्ष दलहरुले माग गर्न थालेका छन्।


सम्बन्धित समाचार

रवि अझै १० दिन हिरासतमै

२०८१ कार्तिक २०

ताजा नेपाल

प्रधानमन्त्री ओली अस्वस्थ

२०८१ कार्तिक २०

ताजा नेपाल

रविलाई १० दिन हिरासतमा राख्न अनुमति

२०८१ कार्तिक २०

ताजा नेपाल