Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
समय आएको छैन । जेनजी पुस्ताले पुरानो नेतृत्व रुचाएन भन्दैमा समय नपुगी कुन दलले नेतृत्व फेर्ला ? भ्रष्टाचारको आरोप लागेर आफैं अदालत पुगेका निष्ठा र त्यागको भकारी नै ठान्ने नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपाल हुन् कि सहकारी ठगी प्रकरणमा जेल परेका रास्वपाका सभापति रवि लामिछानेले पद त्याग्न नसकेको अवस्था छ । एमाले अध्यक्ष ओलीलाई अझै गल्ती महसुस भएको छैन । उनको अहंकार र दम्बकै कारण निम्तिएको यो संकटले संसद भंग गरायो, संसद नै नभएकाहरूले मन्त्रीको झण्डा हल्लाए । भ्रष्टाचारको संस्थागत विकास गर्ने ओली सरकारको राष्ट्रिय एजेन्डा थियो । परिवर्तन नचहने शिक्षकमाथि विश्वासघात गरेर नपुगी निजामती कर्मचारीलाई अवकाश लिनासाथ पुनः तिनले गरेका अपराध ढाकछोप गर्ने गरी संवैधानिक अंगमा भिœयाउने प्रपञ्च स्वरुप कुलिङ पिरियडको पक्षमा नेकपा एमाले खडा भयो । त्यो महाभूल थियो । संवैधानिक परिषद् कब्जा गरी आफ्ना झोले र हुक्के भर्ति गर्न सहज हुने गरी ऐनमा अकल्पनीय परिवर्तन गर्न केपी ओलीकै निर्देशनमा अन्तर्राष्ट्रिय जगतमा सम्मानित उपसभामुखमाथि महाअभियोग लगाउन सांसदलाई खाली कागजमा हस्ताक्षर गराइयो । विवेक बन्दकी राखेर संसद भएका काँग्रेस र एमालेका अधिकांश सांसदहरूले खाली कागजमा हस्ताक्षर गरेर आफ्नो ल्यागत प्रदर्शन गरे । बरु काँग्रेसका डा. शेखर कोइरालाले विवेक प्रदर्शन गरे । उपसभामुख इन्दिरा रानामाथि बालबालिका बेचेको आरोपसम्म लगाइयो । जबकि तिनै बालबालिकाले आफूहरू उपत्यकाभित्रैका विद्यालयमा अध्ययन गरिरहेको बताएपछि ओलीका हुक्के बनेर प्रस्तु्त भएका योगेश भट्टराईहरूले शिर झुकाउनु परेको थियो । अपराधै अपराधको पोको बनेर शासक बनेका ओलीकै कारण देशले आजको अवस्था भोगेको हो । तर उनलाई पश्चाताप छँदै छैन । हुँकार र दम्ब अझै उस्तै छ । उनलाई आन्दोलनका सबै योजना थाहा थियो भन्न लाज नलागे पनि प्रधानमन्त्रीको हैसियतले मुलुकप्रतिको जिम्मेवारी ओलीले पूरा गर्नतर्फ लागेनन् । २४ जना विद्यार्थी मारेपछि सडकमा सेना उतार्ने उनको दाउ सेनाले अस्वीकार गर्दा पूरा भएन । तर पनि २४ गतेको हत्याले ठाउँ लियो । सुरक्षा अंगको दबावमा पद त्यागेर सैनिक सुरक्षामा आफैं गएका उनी प्रधानमन्त्रीको निवासमै सुरक्षित नहुँदा दुई तिहाइएको दम्बमा उम्लेको सत्ता कसरी ढल्यो पत्तापाएनन् । सरकारी कार्यालयहरू जोगाउन सम्बन्धित प्रहरी र कर्मचारीले सक्थे तर नियोजित रुपमा घटना घटेका हुन् । संसदमा प्रतिपक्ष दलको नेताले बारम्बार यस्तो स्थिति आउन सक्छ । लोकतन्त्रको मूल्य मान्यतालाई नजर अन्दाज नगरौं भनेकै थिए । तर आफैं बादशाह शैलीमा प्रस्तुत भएका केपी ओलीलाई आफू बाहेक दुनियाँमा कोही छैन भन्ने घमण्ड भयो । उनले पार्टीमा चलाएको तानाशाही करण राज्यका हरेक क्षेत्रमा देखाएका थिए । कर्मचारी प्रशासनलाई समेत चित्त नबुझ्ने काम सरकारी तहबाट भए । राजश्व उठाउने आन्तरिक राजश्व, भन्सार, राजश्व अनुसन्धानमा खटेका कर्मचारीले वर्षमा दिन बिताउन पाएनन् । सरकारले लिने राजश्व सिन्डिकेटबाट अर्थमन्त्रीले लुड्याएकै कारण निवासमा पैसा गन्ने मेशिन राख्नु प¥यो । राजनीतिक सहमतिमा भएको लुटको छानविन गरिँदैन, योगेश भन्दै थिए । ओलीको तानाशाही करण उनकै घरको सिंगारपटार र सुनको हात्ती प्रमाण हुन् । त्यस्तो चरित्रले सामूहिकतामा चल्नु पर्ने विधि र प्रक्रियामा हिँड्नु पर्ने पार्टीलाई कसरी कार्यकर्तामुखी बनाउला ? दलका नेता महाधिवेशनको तयारीमा छन् । काँग्रेस संस्थापन १५औं महाधिवेशन एकवर्षपछि गर्ने दाउमा थियो । एमालेमा केपी ओलीका लागि तामझाम गरिँदै थियो । माओवादीमा विशेष महाधिवेशनको माग बड्दै थियो । संविधान च्यात्ने राप्रपा राजा ल्याउने भन्दै थियो । यही बेला राज्यको कुकर्मले सामाजिक सञ्जाल बन्द गर्नु उचित ठान्यो । राजश्व तिर्न बाध्य पार्ने नाममा सञ्चार क्षेत्रमाथि प्रहार गर्दा एकाएक युवा पुस्ताको विद्रोह चम्कियो । त्यो विद्रोहले ओली, देउवा, प्रचण्ड मात्र होइनन् तिनको निवास, आफन्त, गुटभित्रका नेता, कर छल्ने उद्योगी, व्यापारी, कमिशनलाई जोड दिएर निर्णय गर्ने मन्त्री, मन्त्रालय, विभागहरूमा आगजनी गरेर विदेशी घुसपैठले तत्कालिन आक्रोश मत्थर पारिएको छ । काँग्रेसको युवा पुस्ताले माफी माग्यो । माओवादीले जेनजी पुस्ताले उठाएको एजेन्डा संविधानसभाबाट संविधान जारी गर्दा स्थापित गरेको भनिसक्यो । तर केपी ओलीको नेकपा एमाले जनेजी पुस्तालाई कतै सम्बोधन गरेको छैन । भक्तपुरको गुण्डुमा ओली डुक्रँदा पनि जेनजी सरकारको विरोध भयो मृतक र घाइतेप्रति सम्बोधन भएन । जसको कारणले मुलुकले यो भयावह स्थिति सह्यो । उसलाई कुनै हिनताबोध छैन भने त्यस्तो जमातलाई जनताले कसरी मत दिन्छ ? जबकि नेकपा एमाले आफैंले भ्रष्टाचारको नीतिगत लुटको फेरिस्त लिएर मिशन ०८४ भन्दै थियो । नागरिक सरकारले फागुन २१ मा चुनाव सम्पन्न गर्न त कठिन छ । किनकि कतै कुनै तयारी छैन । भत्केका संरचना उस्तै छोड्न भएन । तिनको पुनर्निर्माण र त्यो जघन्य अपराधको छानविन दोषीमाथि कारबाही आजको जेनजी आन्दोलनको मुल एजेन्डा बनेको छ । अझै मन्त्रीमण्डलले पूर्णता पाएको छैन । राजनीतिक दलहरू पुरानै पुस्ताको देवत्वकरणमा रमाउने बाटो खोज्दैछन् ।
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल
२०८२ फाल्गुन २८
ताजा नेपाल