Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । राष्ट्रमा ठग जो छ, त्यही व्यक्ति नेकपाका सर्वोच्च कमान्डर र केपी ओलीको प्रिय पात्र हुन्छ भन्ने कुरा देशका एक दर्जन राष्ट्रिय गौरवका आयोजना अलपत्र पार्ने राष्ट्रिय ठग दीपक भट्टका दाजु सुशील भट्टलाई लगानी बोर्डको कार्यकारी बनाइएको निर्णय काफी छ । प्रधानमन्त्री केपी ओलीका चौकीदारहरूको स्वार्थ कसरी पूरा हुन्छ, उनका दलालहरूले कस्तो सिफारिस गर्छन् भन्ने कुराको अध्ययन जरुरी छैन । देशमा ओलीवाद लागू भएको बेला न त पार्टीको अस्तित्व छ न त सिद्धान्त र निष्ठाको कुरा हुन्छ ।
नेकपाको नाम जोडिएको ओलीवादले वामदेवलाई बाबा मान्ने दीपक भट्टको प्रस्ताव अस्वीकार गर्ने तागत दिएन । किनकि वामदेव र दीपकका पिता चतुर्भुज भट्टको दोस्ती थियो, जसले कृषि सामग्री केन्द्रको महाप्रबन्धक र वायु सेवा निगमको हर्ताकर्ता बन्दा वामदेवको घुन्धुकारी प्रवृत्ति चिनायो । गौतम जोगिए तर चतुर्भुज अख्तियारको मायाजालमा परेकै थिए । दलालीबाहेक कुनै योग्यता नभएका सुशील भट्टलाई राष्ट्रिय योजना आयोगको सदस्य बनाइयो । त्यहाँ प्रहरी, सेना र सशस्त्र प्रहरीको ठेक्का लियो, आफैँले कबोल गरेको वचन तोड्यो प्रवृत्तिका ठेकेदारकै दबाब प्रधानमन्त्री ओलीले लत्याउन सक्ने ठाउँ थिएन । पैसा खाएपछि र मार्सी चामलको भात घिचेपछि ओली र प्रचण्डले शैक्षिक माफियामाथिको कारबाही कहीँकसैलाई गरेनन् ।
चाहे विराट मेडिकल कलेजको लुट होस् वा वीरगन्जको नेसनल मेडिकल कलेजको लुट । वामदेव गौतम, जनार्दन शर्मा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत त देखिएका पात्र भए । लगानी बोर्डको कार्यकारी छान्ने अर्थमन्त्री डा. युवराज खतिवडाको नेतृत्वमा बनेको समितिले प्रतिस्पर्धाका अधारमा कसरी दलाल र देशघाती सुशीलको नाउँ छनोट ग¥यो ? यस्ता दलालको काममा सन्तुष्टि लिने यो टिमले के पाएछ सुशीलको पौरख ?
केपी ओलीको निर्देशन त अर्थमन्त्री डा. युवराज खतिवडाका भाइ ज्ञानेन्द्र कार्कीलाई पनि कहीँ न कहीँ तान्नु भन्ने छ । किनकि कार्की अमेरिकी सहयोग नियोग एमसीसीको सम्झौताकर्ता र बिचौलिया थिए । उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सेतो हात्ती सिनासका लाउके हुन् ।
यहीँबाट डा. रामकृष्ण तिवारी जस्ता उडुसले पाँच वर्ष त्रिवि प्रशासन रेक्टरको कार्यालयको तालाचाबी लिएकै थिए । अहिले ठेकेदार दीपक भट्टका दाजु सुशील भट्ट लगानी बोर्डको कार्यकारी बनाइँदा देश दङ्ग छ । किनकि राष्ट्रिय गौरवका एक दर्जन आयोजनाका दलाल तथा एजेन्ट चीन र भारतका कम्पनीले ती आयोजनालाई कहाँ, कति र कस्तो स्थितिमा पु¥याए ? कथित समृद्धि र विकासे नारा लगाउनेहरूको दिलमा देशभक्ति भएको भए ख्याल गर्नुपर्ने होइन ? लुटाहालाई पैसो पाएपछि पुगेको छ । त्यही पैसाले काम गर्छ । प्रचण्ड र वामदेव मात्र होइन, ललिता निवास काण्डका नायक २०५४ सालसम्मका सुकुमबासी पार्टीका महासचिव विष्णु पौडलहरूको कृपा भएकै कारण दलाल सुशीलले लगानी बोर्ड पाए । उनीहरूको अनलाइन पोर्टल फ्ल्यास न्यूजले बधाई छाप्यो । प्रहरीको ठेक्कापट्टा र सेनाको ठेक्काका कुरा प्रकाशित गरेपछि पश्चिम सेती, बुढीगण्डकी अलपत्र पारेर राज्यसँग ठग्ने दीपक भट्टको योजना थाहा हुन्छ । प्रम केपी ओली र उनको गुटको यो अभियानले समृद्धि र विकासको रोइलो गाउने ठाउँ यस्तै हुन्छ । अब देशमा कुनै पनि राष्ट्रिय गौरवका आयोजनाको हालत सुशील भट्टको नजरले सकेसम्म ध्वस्त बनाउने छ । ओली गुटको समृद्धि र विकास भनेकै यही हो ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल