Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल १५ दिने विदेश भ्रमण गरे । देशमा सरकार थियो । संसदका समितिका वैठक बसे । सरकारलाई कालो बजार रोक्न निर्देशन दिएकै दिन नेपाल आयल निगमले इन्धनमा मूल्य बढायो । खाना पकाउने ग्यासमा प्रति शिलिण्डर २१० बढायो । अर्थ र आपूर्ति मन्त्री काँग्रेसकै थिए । इण्डियत आयल कर्पोरेशनले पठाएको मूल्य सूची अनुसार बढेको मूल्य बरावर निगमलाई करमा मिनाह गरौंला भन्न सकेनन् ।
सरकारले खाद्यान्न ढुवानी यात्रु बाहक सवारीले प्रयोग गर्ने डिजेलमा लाग्ने कर मिनाह गर्ने हो भने यो रुपमा मूल्य बढदैन् । इन्धनको मूल्य वृद्धिले सार्वजनिक यातायात र ढुवानीका सवारीको भाडा बढाउँछ, बजार महँगी त्यहीबाट शुरु हुन्छ । बजारमा १४० को दाल २५० रु ७० को चीनी १४० रु ३ सयको जीरा १३०० १४ सयको ग्याँस २११०, १६५० को चामल २५ सय पुग्दा पनि राज्य सुतेकै छ । प्रमुख राजनैतिक दलहरु सहेकै छन् ।
प्रधानमन्त्री पुष्पकमद दाहाल स्वदेश फर्केकै दिन राती १२ बजेवाट लागू हुने गरी नेपाल आयल निगमले इन्धनमा मूल्य वृद्धि गरेको हो । धेरैले यो मूल्य वृद्धि प्रधानमन्त्रीको चीन भ्रमणको उपहार भनेका थिए । तर प्रधानमन्त्रीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई त्यो मूल्य वृद्धि फिर्ता लिन निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशन अनुसार स्वचालित मूल्य लागू गरेको दावी गर्ने नेपाल आयल निगमले इन्धनको मूल्य पूरानै कायम गरेको बताइएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल