Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
२० साउन, सुर्खेत । जाजरकोटका एक वडा अध्यक्षले स्थानीय युवालाई बाँधेर निर्घात कुटपिट गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । युवालाई कुट्ने व्यक्ति जुनीचाँदे गाउँपालिका(२, का वडाध्यक्ष रामबहादुर नेपाली भएको खुलेको छ । सामाजिक सुरक्षा भत्ता बाँड्ने क्रममा होहल्ला गरेको भन्दै वडाध्यक्ष नेपालीसहित केही व्यक्तिले सोही ठाउँका सर्ते नेपाली नवीन परियार लाई कुटपिट गरेका हुन् । स्थानीय एक युवकले खिचेको भिडियोमा वडाध्यक्ष आफैंले कुटपिट गरिरहेको देखिन्छ । वडाध्यक्ष नेपालीले दाम्लोले हातखुट्टा बाँधेर कुटपिट गरिरहेका छन् । ‘हल्ला किन गरेको’ भन्दै लुगा च्यातिने गरी वडाध्यक्ष नेपालीसहितका व्यक्तिहरुले कुटपिट गरेको भिडियोमा देखिन्छ ।
घटना साउन १५ गतेको भएको जाजरकोट प्रहरीले जनाएको छ । तर, कुटपिट गरेको भिडियो भने मंगलबार सामाजिक सञ्जालमा सार्वजनिक भएपछि यतिबेला भाइरल बनेको छ ।
सामाजिक सुरक्षा भत्ता अनियमितताको आरोप लगाएपछि वडाध्यक्ष नेपालीले सर्पेलाई बाँधेर कुटपिट गरेको प्रत्यक्षदर्शीले बताएका छन् । ‘सर्पेले वडाध्यक्षलाई भत्तामा अनियमितता गरेको आरोप लगाएका थिए, वडाध्यक्षले त्यही झोकमा कुटपिट गरे,’ एक प्रत्यक्षदर्शीले भने । घटना भएकै दिन प्रहरीको रोहबरमा वडाध्यक्षले पीडितलाई आमा चन्द्रा दमाईको जिम्मा लगाएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार पीडितले मदिरा खाएर होहल्ला पनि गरेका थिए । मदिर खाएर हल्ला गरेपनि मुख्य विषय भने रकम अनियमितताको आरोप थियो । ‘यहाँ त पहिलेदेखि नै वडाध्यक्षको दादागिरी चल्छ, अनियमितता आरोप लगाएपछि कुटपिट गर्नु सामान्य भयो,’ प्रत्यक्षदर्शी स्थानीयले भने, ‘सम्झाइ(बुझाइ गर्न सकिन्थ्यो, भनेको नमाने थुन्न सकिन्थ्यो तर वडाध्यक्ष अक्रोशमा आएर निर्घात कुटपिट गरे ।’ वडाध्यक्षकै डरका कारण आफूहरुले केही बोल्न नसकेको स्थानीयहरु बताउँछन्
२०८२ चैत्र ६
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल
२०८२ चैत्र ५
ताजा नेपाल