Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिन दुखिलाई सहयोग गर्न पाउँदा खुशि लाग्छ

० मुकेश सुवेदी, निर्माता

अमेरिकाको लुईजभिल्लि क्याटुकी शहरमा सपरिवार बस्छै आएका कलाप्रेकि, समाजसेवि मुकेश सुवेदी आफुले जे जति सकेको नेपालमा समस्यामा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आईरहेका छन् । समाज सेवासंगै कलाकारितामा पनि उनको रुचि बढ्दोछ । चर्चित गायक प्रमोद खरेलको स्वर रहेको ‘म मरेको खबर…’ आधुनिक गीतको म्युजिक भिडियो निर्माण गरेका मुकेशले अन्य केही भिडियो निर्माणमा सहयोग गरेका छन् । नेपालबाट स्थापित कलाकारहरु बोलाएर बिभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आईरहेका मुकेश सुवेदी भविष्यमा चलचित्र निर्माणमा लाग्ने बताउछन् । मोरङको पत्थरी स्थित भुटानी शरणर्थी शिविरमा २०५२ मा जन्मेका मुकेश सुवेदी समाजसेवामा सकृय छन् । अरुको दुःख देख्नै नसक्ने मुकेशले बानेश्वरमा पानी बेचेर सहारा विहिन कष्टकर जीवन बिताई रहेका पाँच वर्षिय बाल अनुज होस वा दुबै मृगौला फेल भएर हस्पिटलमा उपचारको लागि आर्थिक समस्यामा रहेकी जलजला परियार किन नहोस आफुले सकेको आर्थिक सहयोग उपलब्ध गराएर पुण्यको काम गरेका छन् । सहयोगि भावनाका मुकेश सुवेदीले ताजा नेपालका लागि सानु श्रेष्ठसंग गरेको संक्षिप्त कुराकानीः

० के मा ब्यस्त हुनुहुन्छ ?
विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणले यहाँ पनि प्रभाव पारेको छ । बिस्तारै बजार खुल्न थालेको छ । यहाँ म म्यामजनमा काम गर्छु, त्यसैमा ब्यास्त छु ।

० तपाईलाई मानव सेवामा लाग्न कसरी प्रेरित हुनुभो ?
म भुटानी सरणार्थी शिबिरबाट आएको छोरा हो । मैले धेरै दुःख भोगेको छु, देखेको छु । मान्छेलाई कस्तासम्म समस्या आईपर्छ भन्ने कुरालाई नजिकबाट नियालेको छु । त्यसैले अरुको समस्या पनि मेरो आफ्नो जस्तो लागेर म सहयोग गर्ने गर्छु ।

० नेपालमा पनि धेरैलाई आर्थिक सहयोग गर्नु भएको रहेछ, यो कार्यबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
मैले नेपालमा बिभिन्न कारणले अप्ठेरोमा पर्नुभएका धेरैलाई सकेको सहयोग गरेको छु । यो कार्यलाई भोलिको दिनहरुमा पनि निरन्तरता दिनेछु । दुखिलाई सहयोग गर्न पाउँदा खुशि लाग्छ । जहाँसम्म आत्मसन्तुष्टिको कुरा छ केहीले यताबाट पठाएको सहयोग रकम पाएपछि सम्पर्क बिहिन भैदिनाले दुःख लाग्छ ।

० कलाप्रेमि मान्छे अभिनय गर्ने चाहना कत्तिको छ ?
आफुलाई पनि अभिनय गर्न मन पर्छ, पछि त्यस्तो अबसर मिलेमा गर्छु पनि । तर, आफुले अभिनय गरेको भन्दा पनि अरुले अभिनय गरेको हेर्न खुबै मन पर्छ ।

० म्युजिक भिडियोमा पनि लगानि गरिरहनु भएको छ के को लागि ?
चलचित्र क्षेत्रमा लगानी गरेर पैसा कमाउने रहर त होइन । अहिलेको अवस्थामा झनै कठिन छ । तर, पनि नयाँ आउँने कलाकारहरुलाई अबसर दिनु पर्छ भन्ने मेरो सोच हो । कतिपय क्षमता भएर पनि अवसरबाट बञ्चित नवप्रतिभाहरुलाई अगाडी बढ्न सहज होस् भनेर हौसला स्वरुप केही लगानी गर्ने गर्छु ।

० जुन मान्छेहरु सित काम गरिरहनु भएको छ उनिहरुको ब्यबहार र कामबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
पहिला, पहिला काम गरेको ब्यक्तिहरु जुन कामको लागि मैले पैसा पठाएको हुन्थ्ये, त्यो पैसाको सदुपयोग गर्नुहुन्नथ्यो । त्यसकारणले गर्दा उहाँहरुसंग म अलिक असन्तुष्ट थिए । तर, अहिले काम गर्ने ब्यक्तिहरु धेरै ईमान्दार हुनुहुन्छ र उहाँहरुको कामबाट सन्तुष्ट छु ।

० कलाप्रेमि मान्छे भविष्यमा चलचित्र निर्माणमा हात हाल्ने बिचार छ कि ?
गीत, संगीत आफ्नो कला, सँस्कृति कसलाई मन पर्दैन र ? त्यही मध्येको एक हुँ म पनि । आफु कलापे्रमि भएकैले कला क्षेत्रमा आउँन चाहनेहरुलाई सहयोग गर्दै आईरहेको छु । भिडियोहरु त निर्माण गरिरहेकैछु, तत्काल एउटा सन्देशमुलक डकुमेन्ट्रि निर्माण गर्ने गृहकार्य भैरहेको छ । भविष्यमा राम्रो टिमसंग मिलेर चलचित्र निर्माण गर्ने सोच बनाएकोे छु । हेरौ कत्तिको सफल भईन्छ ।

० अमेरिका जस्तो बिकसित देशमा बसेको मान्छे नेपालमा कस्तो परिवर्तन होस् भन्ने चाहनु हुन्छ ?
म भुटानी भएपनि नेपाल मेरो जन्म भुमि हो, नेपालको सबै पक्ष्य मन पर्छ । तर, जुन विभिन्न किसिमको घट्नाहरु घटिरहेको छ, जस्तै राजनैतिक खिचातानी, बलात्कार, भ्रष्टाचार, भेदभाव लाग्छ मानवता भन्ने चीज नै हराईसकेको छ । नेपालमा नियम कानुनको पालना राम्रोसंग हुँदैन, त्यो सुनेर सारै मन दुख्छ ।

० अन्त्यमा केही भन्नु छ कि ?
केही म्युजिक भिडियो निर्माणको अन्तिम तयारी हुँदै थियो । कोरोनाका कारण पछि धकलिएको छ । काम गर्ने वातावरण राम्रो भएपछि आफुले गर्न लागेका थाँति रहेका कामहरु क्रमशः विस्तारै सुरु गर्नेछु । मलाई सम्झेर केही भनाई राख्नी अवसर दिनु भएकोमा यस अनलाईन परिवारलाई धन्यवाद ।