Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दिल्लीमा आरजुको पाठेघरको शल्यक्रिया

काठमाडौं । दिल्ली पुगेर माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग गरेको भेटघाटले विवादमा परेकी प्रधानमन्त्री पत्नी आरजु देउवाको शल्यक्रिया सम्पन्न भएको छ। आरजुको भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा पाठेघरको शल्यक्रिया भएको हो। आरजुले स्त्रीरोग चिकित्सकद्वय डा. हरित चर्तुवेदी र कन्किता बात्रा मोदीलाई सफल शल्यक्रियाका लागि धन्यवाद दिएकी छन्। प्रधानमन्त्री पत्नी आरजु एक महिनायता नयाँ दिल्लीमा छन्। सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भारत भ्रमणमा गएका बेला प्रचण्ड र आरजुबीच छलफल भइरहेको एक तस्वीर सार्वजनिक भएको थियो। प्रचण्डले आरजुसँग सत्तागठबन्धनबारे भारतको मध्यस्थतामा छलफल गरेको चर्चा भएको थियो। तर पछि प्रचण्डले आरजुसँग छलफल गरेको नभई नयाँ दिल्लीस्थित नेपाली दूतावासले गरेको ब्रेकफास्टमा आफ्नो भेट भएको बताएका थिए। प्रचण्डले प्रधानमन्त्रीपत्नी आरजु स्वास्थ्य उपचारमा दिल्लीमा रहेको बताएका थिए।