Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग जिल्ला अदालत काठमाडौंले बिमा तथा धितोपत्रसम्बन्धी छुट्टाछुट्टै मुद्दामा करोडौँ रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको छ।
बिहीबार न्यायाधीश शिवप्रसाद आचार्यको इजलासले बिमा ऐन, २०७९ अन्तर्गतको कसुरमा सुलभ अग्रवालसँग २ करोड रुपैयाँ र दीपक भट्टसँग १ करोड ५० लाख रुपैयाँ धरौटी माग गरेको हो।
त्यसैगरी, धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको मुद्दामा सुलभ अग्रवालसँग २ करोड ३० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश भएको छ।
यस्तै, ८१ जना प्रतिवादी रहेको अर्को धितोपत्रसम्बन्धी मुद्दामा अदालतले सुलभ अग्रवालसँग १ करोड ५० लाख रुपैयाँ र दीपक भट्टसँग १ करोड रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिएका छन्।
यसअघि असार ३ गते विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरण कसुरमा दुवैलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
हाल दीपक भट्ट र सुलभ अग्रवाल दुवै कारागारमा रहेका छन्।
२०८३ श्रावण १
ताजा नेपाल
२०८३ श्रावण १
ताजा नेपाल
२०८३ श्रावण १
ताजा नेपाल