Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । नेपाल धितोपत्र बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, सेयर रजिष्ट्रेसन, लगानी व्यवस्थापकको अनुमतिपत्र प्राप्त प्रभु बैङ्क लिमिटेडको सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र लगानी व्यवस्थापकको अनुमतिपत्र प्राप्त समृद्धि क्यापिटल लिमिटेड एक–आपसमा गाभिएर कारोबार गर्ने प्रस्तावसहित मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा एक समारोहबीच प्रभु क्यापिटल लिमिटेडका सञ्चालक भूपिन्द्र खत्री र समृद्धि क्यापिटल लिमिटेडका अध्यक्ष एलपीभानु शर्माले हस्ताक्षर गरेका छन् । उक्त समारोहमा प्रभु बैङ्क लिमिटेडका अध्यक्ष देवीप्रकाश भट्टचन, प्रभु बैङ्क लिमिटेडका सञ्चालकहरू रमेशसिंह खड्का, अम्बिका शर्मा लामिछाने, प्रभु बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्रभु क्यापिटल लिमिटेडका सञ्चालक–प्रवद्र्घकहरू तथा समृद्धि क्यापिटल लिमिटेडका अन्य सञ्चालक–प्रवद्र्घकहरूहरूको उपस्थिति रहेको थियो । मर्जरपश्चात् प्रभु क्यापिटल लिमिटेडको नामबाट कारोबार हुने सहमति भएको र मर्जरपश्चात् ८० करोडभन्दा बढी चुक्ता पुँजी हुनेछ । हाल नेपालमा धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैङ्करको सङ्ख्या ३१ रहेको र मर्चेन्ट बैङ्किङ व्यवसायमा अत्यधिक प्रतिस्पर्धा रहेकाले ठूलो पुँजीसहित सबल संस्थामार्फत् प्रतिस्पर्धी सेवा प्रदान गर्ने उद्देश्यसहित मर्जरका लागि अगाडि बढाइएको र यसबाट अन्य संस्थालाई पनि मर्जरमा जानका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल