Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । देशमा २ जना ठगको लडाइँ छ । कैलाश सिरोहिया कान्तिपुरमा कार्यरत श्रमजीवी पत्रकारहरूको तोकिएको पारिश्रमिक नदिने मात्र होइन । आफ्ना कम्पनीको कर छल्ने बाटो खोज्दा पत्रकारितालाई हतियार बनाउने सफला पात्र हुन् । बाबुआमा, दिदीभाई सबै भारतीय तर कैलाश अंगिकृतले वंशजको नागरिकता लिने । त्यो नागरिकताको विवरण मिति र अधिकृतको हस्ताक्षर प्रशासन कार्यालयको ढड्डामा नहुनु कमजोरी कसको नियत के त्यो पनि छानविन होला । तर कथित स्वतन्त्र प्रेसको अधिकार खोज्ने नौलखाहरूको ¥याइझ्याईले सरकारलाई कुनै दुःख छैन । किनकि रवि लामिछाने जस्ता ठग बोकेर एमालेका अध्यक्ष केपी ओली मुस्कुराएकै छन् । काम गर्नेलाई पैसा नदिँदा कुनै मिडिया एलायन्सको ध्यान गएन । किनकि मिडिया एलाइन्सका टाउकेहरू सबै श्रमजीवी पत्रकारको रगत र पसिनामा पजेरो चढ्छन् । गगनचुम्बी महलमा बसेका छन् । सरकारलाई तिनैले स्वतन्त्र प्रेसको नाममा धम्क्याउँछन् । सहकारीको रकम अपचलन गर्ने रवि लामिछाने र सहयात्री स्व. कमानसिंह लामाको करोडौं झ्वाम पार्ने नारायणकाजी श्रेष्ठ एउटै रथका दुई पाङ्ग्रा हुन् । एउटा उपप्रम पदमा रहेका नेता राति मन्त्रालयका उपचसचिव स्तरका कर्मचारीलाई म्यासेज पठाउँछ वर्तमान सरकारका प्रवृत्ति एउटै छ । रूप र चरित्र फरक फरक छन् । नेकाका गगन थापाको बाख्रा काण्डदेखि कृषि अनुदानको रु १५ करोड पर्दाफास हुँदा प्रेस स्वतन्त्रताका रक्षकहरूले पत्तो पाएनन् । कैलास यो भन्दा ठूला डन हुन् ।
आफूलाई स्टक एक्सचेन्जको लाइसेन्स देउ र आफ्ना कम्पनीको कर मिनाह गराउ भन्दै तत्कालिन मन्त्री जनार्दन शर्मालाई भन्दा नलागेपछि ६ वटा सम्पादकीय, २३ वटा समाचार प्रकाशन गर्ने कैलाशको कान्तिपुरको निष्पक्षता कता छ ? हुनसक्छ कान्तिपुरलाई काँग्रेसका बाख्रे काजीहरूले राम्रै प्रयोग गरे । २२ करोड ८५ लाख ऋण भएको गोरखा मिडियाका मालिक जीबी राईलाई भगाउन काँग्रेसकै सांसद रामहरि खतिवडा प्रयोग भएको कुरा कसैले चासो दिँदैन । राईलाई भगाउनेले गृहमन्त्री पदकै नक्कली नागरिकता सच्चिएको तर राहदानी विवाद बाँकी रहेको पनि बुझेका छन् । अहिले कान्तिपुरमाथि गृहको प्रहार समाचार र व्यापारको तालमेल नमिलेको हो । समाचारलाई ब्ल्याकमेल गर्ने कैलाश सिरोहियाको लागि प्रेस स्वतन्त्रता श्रमजीवीको हित जरुरी छैन । उनलाई धम्कीको भरमा प्राप्त भएको शेयर जोगाउनु छ, कर छल्नु छ । सिरोहियाले थाहा खबरका अजय सुमार्गी विरुद्ध कति लेखे ? एउटा राष्ट्रिय दैनिकले अर्को व्यापारी घरानासँग स्वार्थ बाझिँदा कस्तो व्यवहार ग¥यो त्यो लुकेकै छैन । अगुवा सम्पादक भनाउँदाहरू हुन् वा प्रेस स्वतन्त्रताका नाममा कुर्लने महासंघ, नेपाल बार, मानवअधिकार आयोग जस्ता संस्थाले आफ्नो हैसियत यही देखाएका छन् । आफैंले ६ वर्ष अगाडि बेचेको जग्गा ६ वर्षपछि त्यही मूल्यमा पाइन भनेर सुमार्गी विरुद्ध कैलाशको स्वतन्त्र र निष्पक्ष समाचार लेख्ने त्यो कान्तिपुर प्रयोग भएकै हो ।
कैलाश सिरोहिया पत्रकार हुन् कि व्यापारी हुन् ? उनी पत्रकार हुन् भने आफ्नो कम्पनी कान्तिपुर मिडियाबाट प्रेस प्रतिनिधि पास लिन सूचना विभागमा कति जना पत्रकारको सूचि पठाएका छन् ? पत्रकार महासंघको कान्तिपुर शाखा छ । त्यसले कान्तिपुरमा काम छडोर पारिश्रमिक नपाएका कति जना पात्रकारको समस्या टा¥यो ? त्यो शाखा कैलाशको अपराधको सेवक हो कि गल्ती औंल्याउन सक्ने कर्मवीरको थलो हो ? सिरोहिया पक्राउ पर्दछन् नागरिकता काण्डमा समाचारका ठेकेदारहरू प्रेस स्वतन्त्रता भन्छन् । प्रधानमन्त्रीसमक्ष सम्पादकहरू पुगे पनि यिनको एजेन्डा आफ्ना मालिकहरूमाथि सिरोहियालाई जस्तो नहोेस् भन्ने आशय हो । श्रमजीवीमाथि शोषण गर्ने मिडिया एलायन्सका मालिक र तिनीहरूद्वारा शोषणमा परेकापत्रकार, कर्मचारी राखेर प्रेस स्वतन्त्रताको वकालत गर्नेहरूले बहस चलाउन सक्छन् ? विनोदराज ज्ञवाली, रामेश्वर थापा, कैलाश सिरोहिया, भाष्करराज राजकर्णिकार, शुभशंकर कँडेलहरूको विगत र वर्तमानका बारेमा छानविन गरौं न । कम्पनी घाटा भए बन्द गरन, सरकारलाई ठग्न सञ्चारगृह चलाउने, काम गर्ने श्रमजीवीको पेट भोकै राख्ने प्रेस स्वतन्त्रता, यस्तालाई चाहिने यो मिलेन । प्रेस स्वतन्त्रता जसले समाचार लेख्छ, खोज्छ त्यसलाई चाहिएको हो । व्यापारीहरूलाई होइन । यो कुरामा राज्य स्पष्ट हुनुपर्छ । कैलाशका बाबु भारतीय, आमा भारतीय ४ दिदी भारतीय, भाइहरू पनि भारतीय, कैलाश सिरोहिया वंशजको नागरिक यही हो कान्तिपुर निष्पक्ष पत्रकारिता, १९ सालमा जन्म, १७ वर्षको उमेरमा २०३६ सालमा नेपाली नागरिकता ? क्या सुनमा सुगन्ध छ । सिरोहियाका प्यादाहरूलाई । बुझ्नेले बुझे हुन्छ, सहकारीको खोल्सी, गिरिबन्धुको भंगालो खोला बढेर थापाथलीतिर छिर्दा कैलाशको वंशीकरण भएको कुरा किन कसैले बुझ्दैन । जनकपुरका श्याम गोयन्कालाई सोधौं न सिरोहिया के हो ? जिल्ला प्रशासनमा चोरेर नागरिकता लिएको कुरा यसैमा देखियो । लौ अब भनौ प्रेस स्वतन्त्रताको हनन कहाँ कसरी कुन दूलोमा भयो । सरकारको पक्राउ पक्रिया त गलत नै हो ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल