Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुई सचिव खाली हुँदा सिंहदरबारमा उत्पात

काठमाडौं । अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयमा एक एक पद सचिव खाली हुँदा आधा दर्जन सचिवको दौडधूप चर्कियो । अर्थमन्त्री जनार्दन शर्माले रुचाएका मधुकर मरासिनीले अप्ठ्यारोमा साथ नदिँदा बजेट निर्माणमा मारिएको कालो छलाङ चर्चामा पुग्यो । जनार्दनले जस्तै मनपरी विगतमा एडिबीका विश्वासप्राप्त तत्कालिन प्रमका अति निकट एमालेका नाउमा सिन्को नभाँचेका डा. युवराजले पनि उद्युम मच्चाएकै थिए । तर त्यो बेलाको प्रतिपक्षले त्यो ख्याल गरेन । अहिले एमालेले आफ्नो बिस्र्यो माओवादीमाथि उसको शत्रुता दर्शायो । अहिले जनार्दन बदनाम भए । बदनाम भएर पनि माअ‍ोवादीले पार्टी पदाधिकारीको भागवण्डा सहज बनाउन यी देख्यौ, हामीले भनेका सर्वपक्ष, सर्वभक्ष हौं भन्ने देखाउनु थियो । जनार्दन अर्थमा जानासाथ उनलाई धोका दिएका मधुकर मरासिनीको इज्जत जोगाइदिन प्रधानमन्त्री बाध्य भए । प्रमले भन्दा पनि उनका टिमले अर्थसचिव र पर्यटन सचिव पदमा लैजाने सचिवहरू रोज्न थाल्यो । यस्तो लज्जा कति हुन्छ ?
सञ्चारका डा. बैकुण्ठ अर्याल, उद्योगका अर्जुन पोखरेल, राष्ट्रिय योजना आयोगका केवल भण्डारी, शिक्षाका रामकृष्ण सुवेदी, खेलकुदका दामोदर रेग्मी, सामान्य प्रशासनका सुरेश अधिकारी, मन्त्रिपरिषद्का सूर्य गौतम र यादव कोइराला, राष्ट्रपति कार्यालयका तोया ज्ञवाली, बागमती प्रदेशका मुुकुन्द निरौला, प्रदेश १ का विनोद सिंह, रामप्रसाद घिमिरेसम्मको चर्चा चल्यो । खाली स्थान अर्थ र पर्यटन हुन् । दुवै ठाउँ गहकिला होलान् । तर सरकारको गति, दलका नेताको चिन्तन, सुनको पहाड फोर्ने जस्तो देखियो । पैसा उठाउने, चुनवा खर्च जुटाउने खञ्चुवाको खोजी गर्दा हिजो मधुकर प्यारो ठानेका जनार्दनको मन्त्रालयमा काँग्रेसले किन दाबी गर्नुप¥यो ? काँग्रेसले हाँकेका मन्त्रालयमा माओवादीले चासो लिन नपाउने, माओवादीका मन्त्रालयमा काँग्रेसले चासो किन लिने ? प्रहरी, सशस्त्र प्रहरी, गुप्तचर जस्ता ठाउँ काँग्रेसका पेवा भए । माओवादी मौका पाउँदा राम्रो होइन कसरी सुम्पन्ने भन्ने खोजी गर्छ । कार्यकर्ताको कुरा सुन्दैन माफियाको सुझाव लिन्छ । त्यस्तो पार्टीले कसरी ब्यूरोकेसीमा विश्वास पाउँछ ? शिशिर ढुंगानालाई अग्रवालहरूको सूचक भनेका अर्थमन्त्रीले आफैं कालो व्यापारको सेवक बन्न पुगेको पत्तो पाएनन् । देशको अर्थतन्त्र सुध्रिएको छैन ।
कैलाश सिरोहिया र रामेश्वर थापाले आफ्नो व्यापार चम्काउने बाटो खोज्दै राजश्व मिनाहा गर्न दिएको दबाव अस्वीकार गर्दा जनार्दनको मध्यरातको छलाङ सार्वजनिक भयो । अहिले अर्थ र पर्यटन सचिवका लागि कोलाहल मच्चाउनु पर्ने थिएन । शिक्षा, स्वाथ्य, ऊर्जा, उद्योग र अर्थमा दुई दुई सचिव छन् । अर्थको राजश्व सचिव कृष्णहरि पुस्करले नै अर्थको प्रशासनको जिम्मा पाएका छन् । काँग्रेसले ठूलो कोशेली बुझाउने चरित्रको खोजी गर्दैछ । चुनवाका लागि रकम जम्मा गर्ने चलाख नै खोज्दा स्थानीय विकास अधिकारी बनेर सिन्धुपाल्चोक जाँदा ढुंगा खानी र सुनकोशीको बालुवाखानीबाट ब्रम्हलुट पारेका केबल भण्डारीलाई अर्थ सचिवमा ल्याउन पार्टी महामन्त्री विश्वप्रकाश शर्माको जोड सफल हुन्छ हुन्न । आफूले हाँकेको मन्त्रालय माओवादीका दाबी पनि रहन्छ नै ।