Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दुर्गा प्रसाईं नेतृत्वको महाभियान र सरकारबीच १४ बुँदे सहमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल र सरकारबीच १४ बुँदे सहमति भएको छ।

शनिबार सरकार र महाभियानबीच भएको वार्तामा सहमति जुटेसँगै महाभियानले सञ्चालन गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालै अन्त्य गर्ने निर्णय गरेको छ।

काठमाडौं उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा बसेका महाभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको लामो छलफलपछि सहमति पत्रमा हस्ताक्षर गरिएको हो।

सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गरेका छन्।

१४ बुँदे सहमतिपछि महाभियानले आन्दोलनका कार्यक्रम स्थगित गर्दै सरकारसँग भएका सहमति कार्यान्वयनका लागि सहकार्य गर्ने जनाएको छ।