Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आम निर्वाचनले नयाँ रुप निर्धारण गरेको छ । मौका पाउँदा स्वार्थ समूहको हितमा राज्यका निर्णय गर्नेहरू साधु भएका छन् । चाहे एमालेको केपी मण्डली होस् वा रास्वपाको रवि मोर्चा किन नहोस् दुई अतिवादी मोर्चाको चंगुलबाट मुलुकलाई मुक्त गराउन जरुरी थियो । काँग्रेसले राज्य चलाएको बेला होस् वा एमालेको ओली ब्राण्डले दबाउन खोजेको जेनजी पुस्ताको विद्रोह किन नहोस् । आज देशमा गणतन्त्र र संघीयताको रक्षाका लागि दलीय एकता जरुरी छ । काँग्रेसले जुनी सुधार्दै थियो । तर लाज पचाएर पुरानो नेतृत्वले पार्टीका उम्मेदवारको पक्षमा चुनावी प्रचारमा समेत जान लाज मान्यो । बिग्रेको मति सुधार्न यति बेला युवा नेताहरू खटेका छन् । बुढो पुस्ता लाज पचाएको छ । काँग्रेसको इज्जत जोगाइनुपर्ने गगन थापा विश्वप्रकाश शर्मा प्रदीप पौडेल, गुरुराज घिमिरेको काँधमा सबै थुपारेर शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, कृष्ण सिटौलाले मुक्ति पाउँदैनन् । देउवा स्वास्थ्य उपचारका नाउमा सिंगापुर जाने डा. आरजु राणा दिल्ली जाने कृष्ण सिटौला र पूर्णबहादुर खड्का काठमाडौंमा बसेर चुड्की मार्ने हैसियतमा कसरी पुगे ? जो पार्टी संगठनका लागि उपयुक्त पात्रका रुपमा कार्यकर्ताले समेत गणना गर्न छाडेका छन् । मति बिग्रेको काँग्रेस समाप्तिको दिशामा छ । मौका पाउँदा सधैं सत्ताको चलखेलमा रमाएका प्रकाशमान सिंह कृष्ण सिटौला मात्र होइनन् राज्यका पदहरूमा सधैं स्थान पाए पनि अरुका लागि ठाउँ दिनु पर्छ भन्ने चिन्तन तिनलाई कहिल्यै आएन । जसले विशेष महाधिवेशनको त्यो परिणाम स्वीकारेका छैनन् । आफ्नो पदका लागि कहिल्यै माओवादीसँग कहिले नेकपा एमालेसँगको सत्ता सहकार्य गर्दा कुनै राष्ट्रिय इस्यु उठाइएन । शेरबहादुरलाई प्रम बन्नु बाहेक अरु स्वार्थ थिएन । काँग्रेस विचारमा थिएन नत कुनै सिद्धान्तमा टेकेर सत्ता समिकरण गरेको थियो । देउवाको दाउ नौथरि अपराध गरेकी श्रीमती डा. आरजुलाई कानुनी कारबाहीबाट बचाउनु प्रमुख थियो ।
व्यवस्था गणतन्त्रात्मक छ काँग्रेसीहरू साना राजा रजौटाबाट सञ्चालित थिए । पैसा लिएर टिकट बाँड्ने खान्दानी चरित्रको विकास गरेको आरजुकै कारणले शेरबहादुरको इज्जत थिएन । घरको गोदाममा पैसा डडेको सत्य लुकाउने जुन प्रयास भयो त्यसले काँग्रेसी रुप चिनियो । काँग्रेस जुनसुकै गुणस्तर प्राप्त शक्ति होस् त्यसले चौधरीको चाउचाउको व्यापार बढाउन नयाँ उद्योगबाट रोजगारी सिर्जना गर्दैन । चलेका उद्योग बन्द गराएर देश खाने क्षमताको राजश्व मार्नेहरूलाई काँध हाल्नु पनि ओरालो लाग्नु हो ।
पार्टी यथाथितिवादबाट मुक्त हुनुपर्छ भनियो । तर आफू अगाडि बढ्न गुटको सहारा लिन काम भएको छ । पार्टीलाई सबल बनाउनुपर्छ भन्ने सोचका अनुहार काँग्रेसमा भएनन् । यथास्थितिवादमा पार्टी चलाउने संस्कृति त्यहाँ हावी भयो । त्यसैले भगिनी संगठनहरूले वर्षौ वर्षसम्म नयाँ नेतृत्व पाएनन् । शेरबहादुर प्रधानमन्त्री भए आफ्ना निम्ति मात्र । उनको पाँचौं पटकसम्म प्रधानमन्त्री बन्दा नत देशले पौरख ग¥यो न त जनताले केही पायो । केपी ओलीसँग मिलेर महाकालीमा राष्ट्रघात गरियो । टेरामक्स प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, भिजिट भिसा प्रकरण, गिरिबन्धु प्रकरण, बाँसबारीको जमिन, बालमन्दिरको जमिन, धर्मशाला काण्ड, सुन तस्करी जस्ता काण्ड कति छन् ? जहाँ आरजु जोडिन्छन् त्यहाँका दुई ठूला दलको सरकार बनेको हो । संसदीय व्यवस्थामा ठूला दल सत्तामा बसेर राज्य दोहन गर्न संसदको दुई तिहाई प्रयोग भएको नेपालको इतिहासमा थिएन । काँग्रेस र एमालेले त्यो इतिहास रचेको थिए । अब यिनको लागि यस्तै स्वार्थको अवसर अब यिनको लागि यस्तै स्वार्थको अवसर आउला कि सजायँ सहेन । देउवाको दुई कार्यकाल काँग्रेसले नयाँ गति लिएन । अघिल्लो पटक डा. शशांक जस्ता सुराका पारखीबाट पार्टी चल्ने अवस्था थिएन । पूर्णबहादुर खड्कालाई च्यापेर डा. प्रकाशशरण महत जस्तालाई मौका दिएर पार्टी चल्यो । डा. महतको हालत देखियो । दोस्रो कार्यकालका महामन्त्रीहरूको लवज देउवासँग मिलेन । पार्टीको विधान समेत ख्याल नगरी पार्टी चलाउँदा नत काँग्रेस सुध्रियो नत भगिनी संगठनहरूको रुप रंग फेरियो । कार्यवाहक आफैं असक्षम भए पार्टी चलाउन । पार्टी बनाउन काममा समेत महामन्त्रीहरूको विधानले दिएको अधिकार पुरा गर्न नदिने त्यो काँग्रेसको सभपातिले पार्टी र कार्यकर्ताको लागि के कुर्वानी ग¥यो खै ? केबल भ्रष्टाचारकी खानीको सेवा बाहेक ? यस्तै हो काँग्रेसको देउवा गुटले सोचेको पार्टी रुपान्तरण । लोकतन्त्र भनेको दरबारमा पैसा थुपार्ने टिकट बेच्ने हो । दरबारमा पैसाको खरानी भएको छ एआईले प्रचार गरेको भनेर देशका सर्वश्रेष्ठ कुलंगार प्रवृत्तिका केपी ओलीले बोलीदिँदा शेरबहादुर देउवाको स्वर कहाँ थियो । त्यसै भइँदैन अपमानीत समयको ख्याल राख्न सक्नुपर्छ ।
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल
२०८२ फाल्गुन २७
ताजा नेपाल