Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा प्रति नै शंका किन ?

काठमाण्डौ । पार्टी महाधिवेशनको तयारी तर्फ ध्यान छैन । कृयाशील सदस्यता वितरणमा शंका गर्याे । काँग्रेसभित्रको प्रतिपक्ष रामचन्द्र पौडेलको आफै भित्र एकले अर्काको विश्वास गर्न नसक्दा विवादको भूमरी हटेकै छैन । सभापति पद एउटा छ आकाक्षी दजर्न छन् । उनीहरुको मुल एजेण्डा सभापति शेरबहादुर देउवाको विरोध गर्ने मात्र छ । यहाँ जनताको सरोकारलाई ध्यान दिइएकै छैन ।

प्रधानमन्त्रीको नाताले मन्त्री परिषदमा समावेश गर्नेको नाम आफैले छनौट गर्न पाएको छैन । पार्टी सभापतिको नाताले सदस्यता छानविन समितिको प्रतिवेदनका बारेमा ठोस दृष्टिकोण दिन पनि पाउदैन । हरेक कुरामा विवाद गरेर रामचन्द्रको टीम आफै भित्र अलमलमा छ । प्रकाशमान सिहं, डा. रामशरण महत, अर्जून नर सिहं केसी, डा. शशाङ्क कोइराला, डा. शेखर कोइराला, कृष्ण सिटौला विमलेन्द्र निधिसम्म देउवालाई एक्ल्याउन तम्सेका छन् । संस्थापन स्वभावत पार्टीमा बलियो हुन्छ । रामचन्द्र हिजो कोइराला परिवारको खल्तीका सारथी भएकै छन् ।
आफ्नो संगठन बनाउन नसक्ने अरुले बनाएको संगठनमा लाउरे हुनेहरु नेपाली राजनीतिमा धेरै छन् ।

नेकपामाओवादीमा त्यस्ता नेताको नेतृत्व नारायण काजीले गर्छन् । काँग्रेसमा रामचन्द्रहरु हुन भने एमालेमा इश्वर पोख्रेल छदैछन् । पार्टीको नेतृत्व लिदा चुनाव भएकै हो । चुनावले दिएको समय, परिवेशले स्थापित गरेको वातावरणमा बढ्न र चल्न नदिने कसरी कार्यकर्ता प्रेमी हुन्छ । अहिले कृयाशील सदस्य विवाद चर्काएर मंसीरमा कसरी काँग्रेसले १४ औ महाधिवेशन गर्छ ? यस बारेमा प्रतिपक्षी बनेका पौडेलहरुले के सोचेका छन् ?
काँग्रेसमा दुई पटक सभापति पदमा भिड्न पाउने विधान मै व्यवस्था छ ।

सभापति, उपसभापति, महामन्त्री, कोषाध्यक्ष, सहमहामन्त्री जस्ता पदको निर्वाचन हुँदा टीमको घोषणा हुन्छ । जब कार्यकर्ता दूई कित्ता हुन्छ त्यो बेला पार्टी गुट बिहिन छ भन्ने आधार के हुन्छ ? शेरबहादुर देउवा जिम्मेवारी पूरा गर्दा संसदको रक्षा गणतन्त्रको संस्थागत विकास संघियता र समावेशीताका एजेण्डा स्थापित गर्न सरकारमा समेत गुटकै मान्छे मन्त्री बनाउनु पर्ने बाध्यता किन बनाईन्छ ? काँग्रेसले मन्त्री र मन्त्रालयको रोजाइ गर्ने कि आफूमा आएको जिम्मेवारी पूरा गर्ने ?

नेतृत्वमा आफै छन्, कृयाशील सदस्य छानविनमा पौडेलका प्रतिनिधि छन् । तर समितिको काममै विश्वास नगर्ने भए सदस्यता छानवीन र स्वीकृतिमा रामचन्द्र आपैmले नेतृत्व लिएको भए सभापति देउवाले हुदैन भन्दैनथे । अहिले विवाद बढाएर सरकारलाई चल्न नदिने पार्टीलाई निष्कृय पार्ने काम भएको छ । मौका पाउँदा कोईराला परिवारले देउवा समूहलाई खेदेकै हो । रामचन्द्र त्यो बेला मौन बसेकै हुन् । देउवाले कोइराला वंशको खल्तीबाट काँग्रेसलाई निकाल्न स्व. गिरिजा र शुशिलसँग प्रतिस्पर्धा गरेकै हुन् । त्यही कारण कृष्ण सिटौलादेखि विमलेन्द्र निधिसम्म सभापति पदको उम्मेद्वार बन्ने आँट गर्न सक्ने भए । त्यो काँग्रेसले आफ्नो काँधको जिम्मेवारी पूरा गर्ने दायित्वलाई प्राथमिकता दिने कि आन्तरिक लडाँइमा रमाउने ? किन रामचन्द्रहरुको ध्यान त्यहाँ गएन ?