Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवा र खड्का निवासमा जलेका नोटमाथि अनुसन्धान सुरु

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कांग्रेस सभापति शेरबहादुर देउवा र निवर्तमान ऊर्जामन्त्री तथा कांग्रेस नेता दीपक खड्काको घरमा भेटिएको भनिएको जलेका नोटको अनुसन्धान अघि बढाएको छ। जेनजी आन्दोलनको क्रममा गएको भदौ २४ गते देउवा र खड्काको घरमा आगजनी हुँदा ठूलो मात्रामा भण्डारण गरेर राखिएको रकम जलेको भन्दै विभिन्न भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। आइतबार विभागको टोलीले देउवा र खड्काको जलेको घरमा पुगेर जलेका नोटका केही टुक्रा र खरानी संकलन गरेको छ। देउवा र खड्काको घरमा जलेको अवस्थामा भेटिएको भनिएको नेपाली र विदेशी मुद्राको भिडियो र फोटोको फरेन्सिक जाँच गरेर घटनाको अनुसन्धान अघि बढाइएको अधिकारीहरुले बताएका छन्। दुवै घर जलेको तेस्रो दिनपछि मात्रै प्रहरीले उनीहरुको घरमा बाहिरका मानिसलाई प्रवेश रोक लगाएको थियो। घटना भएको १३ दिनपछि मात्रै विभागले अनुसन्धान अघि बढाएको हो। विभागले नमुनाका रूपमा लिएको खरानी र टुक्रा सक्कली नोट भएको पुष्टि भएमा उनीहरू सम्पत्ति शुद्धीकरण अनुसन्धानमा तानिने बताइएको छ। तर, देउवाको सचिवालयले भने निवासमा जलेको नोट भेटिएको भनेर गरिएको प्रचार मिथ्या भएको दाबी गरेको छ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल