Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच भेटवार्ता भएको छ ।
कोइराला आज देउवा निवासमा पुगेर भेटवार्ता गरेका हुन् । भेटमा पछिल्लो समसामयिक राजनीतिक परिस्थिति तथा पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्ने विषयमा छलफल भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
उनका अनुसार भेटवार्ता पार्टी एकता र समसामयिक परिस्थितिमै केन्द्रित थियो ।
कांग्रेसभित्र सभापति पदको विषयलाई लिएर विवाद चर्किएको छ । देउवा समूहले गगन थापालाई सभापतिका रूपमा स्वीकार नगरी अघि बढेपछि पार्टीभित्रको मतभेद थप गहिरिएको नेताहरूले बताएका छन् ।
संस्थापन पक्षले आगामी असोजमा महाधिवेशन गर्ने गरी कार्यतालिका अघि सारेको छ । तर, महाधिवेशन रोक्न माग गर्दै देउवा समूह आज सर्वोच्च अदालत जाने तयारीमा रहेको बताइएको छ ।
पार्टी विभाजनको जोखिम बढिरहेका बेला नेता शेखर कोइरालाले शीर्ष नेताहरूसँग संवाद थालेका हुन् । पछिल्लो भेटलाई पनि पार्टीभित्रको विवाद समाधान र एकता कायम गर्ने प्रयासका रूपमा हेरिएको छ ।
२०८३ भाद्र ५
ताजा नेपाल
२०८३ भाद्र ५
ताजा नेपाल
२०८३ भाद्र ५
ताजा नेपाल