Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटे लगातै जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । भेटमा प्रधानमन्त्री ओलीले सोमबार लिन लागेको विश्वासको मत, जसपाको भूमिका लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यसअघि ठाकुर र महतोले देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर छलफल गरेका थिए । छलफलबाट केही निचोड निस्कियो कि निस्किएन भन्ने विषयमा नेताहरुले ठोस धारणा सार्वजनिक गरिसकेका छैनन् । त्यहाँ ठाकुर र महन्तलाई शेरबहादुर देउवाले प्रधानमन्त्र िकेपि ओलीद्वारा चलाएका असंवैधानिक कृयाकलापको पछि नलाग्न सुझाव दिएका थिए । छिमेकी मित्र राष्ट्रका विश्वास पात्र ठाकुर र महन्तलाई पार्टीमा बहुमत सांसदहरुले छाडिसकेका छन् ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल