Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । नेपाली काँग्रेसले प्रतिनिधिसभामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले लिन लागेको विश्वासको मत असफल हुने निष्कर्ष निकालेको छ । यससँगै ओली सरकार ढल्ने भएसँगै काँग्रेस पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउने सहमति जुटेको छ ।
काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सोमबार मध्यान्ह भएको छलफलमा ओलीले विश्वासको मत नपाउने निश्चित भएकाले अब काँग्रेसको नेतत्वमा सरकार बनाउने यसअघि कै सहमतिलाई अनुमोदन गरिएको नेता रमेश लेखकले ताजानेपाललाई बताएका छन् । त्यसका लागि बहुमत सांसदको हस्ताक्षर पुगिसकेको र संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मागदाबी प्रस्तुत गरिने उनको भनाइ छ । प्रधानमन्त्रीको अविश्वास प्रस्ताव फेल हुने सूचना आइसक्यो, विश्वासको मत फेल हुनेबित्तिकै राष्ट्रपतिसँग बहुमतको सरकार निर्माणका लागि मागदाबी प्रस्तुत हुनेछ लेखकले भने । उनले काँग्रेसबाट सभापति देउवा नै प्रधानमन्त्रीको उम्मेदवार भएको उनले स्पष्ट पारे । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले नयाँ सरकार गठनका लागि अवश्यक हस्ताक्षर पुगिसकेको दावी गरे । प्रचण्ड र देउवाको छलफलबाट संविधानको धारा ७६ (२) अनुसार अगाडि बढ्ने समझदारी जुटिसकेको छ। हामीलाई विश्वास छ राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार निर्माणका लागि आह्वान गर्नुहुन्छ ।
देउवालाई माओवादीसित जसपा र नेपाल पक्षले समेत सघाउने बताइएको छ । नेपाल समूहको आजै बसेको बैठकले नयाँ सरकार निर्माणमा सघाउने निष्कर्ष निकालेको थियो । सोही अनुसार नेपाल पक्षका सांसदले राजीनामा दिएका छैनन् भने ओलीलाई विश्वासको मत नदिने निर्णय गरेका छन् ।
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल
२०८२ चैत्र ४
ताजा नेपाल