Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाबाट काँग्रेस चल्दैन

काठमाण्डौ । यो मुलुकमा आएका परिवर्तनमा कुनै लगानी नभएका मान्छेले सत्ताको स्वाद लिएका छन् । काँग्रेसका शेरबहादुर देउवा, आरजु राणा, सुजाता कोइराला त्यस्ता पात्र हुन् । यिनीहरूबाट संघर्षको नेतृत्व सफल हुँदैन भन्ने जान्दाजान्दै काँग्रेसले किन समयमा चेत्दैन । युवापंक्तिलाई नेतृत्वमा ल्याउन जरुरी भइसकेको अवस्था छ । पौडेल र देउवा थन्किए हुन्छ । बिमलेन्द्र निधि, कृष्ण सिटौला, रमेश लेखक, बालकृष्ण खाँड, शंकर भण्डारी, गुरु घिमिरेहरूको असंवैधानिक कदमविरुद्धको आन्दोलनमा जति सक्रियता देखिन्छ जनताले मूल्याङ्कन त्यसरी नै गर्छन् । अहिले काँग्रेसले सत्ताको लोभ गर्नुको सट्टा नेकपा भित्रको लडाईंलाई प्रयोग गर्ने हो । कम्युनिष्टसँग चुनावमा लड्ने शक्तिले जनाताको म्याण्डेटलाई स्वीकार्नु पर्छ । ओली सरकारको अधिनायकबाद विरुद्ध सडकमा आउने र संसदमा प्रस्तुत भएर मुख्यमन्त्री विरुद्धको अविस्वासको प्रस्तावमा भाग लिन काँग्रेस थकथकाउनुको अर्थ समापति शेरबहादुरको नालायकी हो । काँग्रेसको प्रतिष्ठा बचाउनका लागि पनि संघिय सरकारमा प्रधानमन्त्री केपी ओलीको एकल चरित्र कार्ययोजनाको बारेमा छलफल भएको छैन । त्यस्तै चरित्र प्रदेश १ र बागमतिमा छन् । शेरधन राई र डोरमणि पौडेलको सत्ता काँग्रेसले किन बचाउनु प¥यो ? ओलीको अघिनायकबादको पुच्छर बन्न काग्रेसले किन प¥यो । अविश्वासको प्रस्ताव अस्वीकार गर्दा सत्ता नै चाहिन्छ भन्ने काँग्रेसी सोच गलत छ ।
कृष्ण सिटौला, डा. शेखर कोइराला, भिष्मराज आङ्दम्बेहरूले सभापति देउवालाई दिएको सुझाव लागू हुन्छ भने ओलीवादको हैकममा बार लाग्छ । बागमति प्रदेशको हालत त्यस्तै छ । मुख्यमन्त्रीमा पुर्नस्थापना हुनासाथ केन्द्रमा नेकपाका लागि ओली महाराजको सेवक भएका हिजोका जनयुद्धकारीहरूको हालत पो हेर्नुपर्छ । कुर्सी र पद राजनीति मोह हुन सक्दैन । राष्ट्र र जनताको सर्वाेपरी हित अहिलेको आवश्यकता हो । व्यवस्थामाथि नै प्रमको एकल स्वार्थ भिडेको कुरा काँग्रेसले स्वीकार्न नसक्दासम्म उसले लोकतन्त्रका लागि गरेको योग्दानको पहिचान हुँदैन । काँग्रेसको नेतृत्वमा आएको त्यो संविधानको रक्षा गर्दा ओली गुटको अधिनायकवादविरुद्ध सडकमा आउन किन कठिन ? लाज गाल काँग्रेस सडकमा आएको छ । संयुक्त आन्दोलनमा काँग्रेस जान चाहेको छैन । यसको कारण हो संसद पुनस्र्थापना हुनासाथ नेकपाको नेतृत्व एक्जुट हुन्छ भन्ने भ्रम काँग्रेसले पाल्नु । शंकाले लंका जलाउँछ भनेको यही हो । भोलि नेकपाको विवाद मिल्यो भने काँग्रेसलाई घाटा हुँदैन । किनकी काँग्रेसले ओली सरकारको ३ वर्षे असफलता, असक्षमता, भ्रष्टचार र लुटका दर्जनौ काण्ड संकलन गरेर जनतामाझ जान सक्छ । तर समस्या एनसेलको ६४ अर्ब कर, बाइड बडीको रु ३ अर्ब ७४ करोड कमिशन, ललिता निवास जग्गा काण्डमा काँग्रेसका समापति शेरबहादुर जोडिनु हो । भ्रष्टचारको विरोधमा नैतिक धरातल गुमाउँदा हुने यस्तै हो ।
छरपष्ट सिद्धान्तले घाटा कसलाई
नागरिकको पिरमर्कामा चासो छैन । पहिलो पुस्ताको बदनामी पनि भयो । विचार, नीति, पार्टी विधान, चिन्तन र शैलीबाट छयग्रष्त भएको दलीय नेतृत्व मुलुकको परिवर्तन धान्न नसक्ने असक्षम भएको छ । यहाँ काँग्रेसका शेरबहादुर देउवा, रामचन्द्र पौडेललाई पार्टी सत्ताभित्रै पद र गुटका लागि लडाइँ देखाउनु छ । देशको प्रमुख प्रतिपक्षले सत्तापक्षले गरेका गल्तीको दर्शक बन्नलज्जित भएन भने त्यहाँ स्वार्थले कति ठाँउ लिएछ छर्लङ्ग हुन्छ । केपी ओली सत्ता अहंकार र गुटबन्दीले उन्मुक्त छन् । उनका सहयोगी मन्त्री मण्डलका सारथी देख्दैमा ओलीको बोली र व्यवहार झल्काउँछ ।
ओलीको सत्ताकालमा राष्ट्र र जनताको सरोकारमा कुनै योजना पार्टीमा मात्र होइन ससदमा समेत बहसमा आएन । चुनावमा बाँडिएको घोषणापत्रको ख्याल गरिएन । नेकपाको जनाधार थियो । ६४ प्रतिशत स्थानीय सरकार भएको पार्टीले संघिय सत्ता झण्डै दुई तिहाइ एक्लैले कब्जा गर्दा भ्रष्टचार, दलाली, कुशासन हटाउनेभन्दा बढाउन तल्लिन भयो । रु १ सयको सामान ४ सयमा कारोबार गरिन्छ भने त्यो भ्रष्टचार नै हो । तर कम्युनिष्ट पार्टीका कंलकहरूले त्यसैलाई सम्वृद्धि र विकास देखेका छन् ।
अहिले गाली बेइज्जतको लहर नै चलेको छ । त्यहाँ कुनै वाद छैन, सिद्धान्त र विचार छैन । मात्र ध्यान गुटको संरक्षण गर्ने र लुटको वर्षा चम्काउने काम भयो । कम्युनिष्टहरू बोल्दा मिल्दा अपराध बिर्सन्छन् जब स्वार्थ बाझिन्छ त्यो बेला आफैं नाङ्गै हुन्छन् भन्ने देखाइएकै छ । अहिले संसद विघटन गर्नु भनेकै प्रतिगमनको प्रवेश गणतन्त्रमा कालो बादल फैलाउनु हो । ओली कति चोखा छन् प्रचण्ड माधव कति चोखा छन् जनताले बुझ्छ । तर जनभावनाको कदर कसले ग¥यो ? अवस्था चुनावको हो कि संविधानको संरक्षण प्रमुख मुद्दा के हो छुट्याउनु जरुरी छ ।

भूमिगत गिरोहले काठमाडौं विश्वविद्यालय धरासायी
बनेपा । राजा बिरेन्द्रद्वारा त्रिभुवन विश्वविद्यालय पछिको गुणस्तरीय शिक्षा दिलाउनका निम्ति धुलिखेलमा स्थापना गरिएको काठमाडौं विश्वविद्यालयलाई आफ्नै तर्फबाट अरबौं सहयोग गरे । सुरेशराज आचार्यजस्ता राजभक्त उपकुलपति भएको ठाउँमा आर्थिक सहयोग गर्न विरेन्द्रलाई संकोच भएन । अहिले त्यहाँ पूराना माफियाहरूको चहल पहल बढेको छ । हिजो आफैं रजिस्टार र डिन पदमा रहँदा डा. भोला थापाले विश्वविद्यालयभित्रका माफियाहरुलाई कति खेलाए, अब उनि जोगिन्छन् कसरी ? जनताले हेरिरहेका छन् । शुरेसराज शर्मा, मुकुन्द शर्मा दाजुभाइ हुन् । मनिष पोखरेल उनीहरुका भान्जा हुन् । यीनै पोखरेल अहिले काठमाडौं विश्वविद्यालयको आईटी विभाग प्रमुख छन् । यीनले विद्यालयहरुलाई आइटी शिक्षाको निम्ति आवश्यक सामाग्री बिक्री गरिरहेका छन् । केयुको शैक्षिक सामाग्री भनेपछि भन्सार शुल्क मिनाह हुन्छ ।

यो गिरोहले विश्वविद्यालयभित्र गरेको मनपरि बन्द गर्न उपकुलपति थापा सफल हुन्छन् वा हुँदैनन् ? त्यो त समयले देखाउने नै छ । जागिरको अवधि पुरा गरि उपदान र पेन्सन खाएका पुराना कर्मचारीलाई यथावत राखेर शैक्षिक गुणस्तर बढ्ने अवस्था त्यहाँ छैन । स्थापनाको उदेश्यविपरित केयुमा शिक्षा माफियाहरुले चलाएका प्रोजेक्ट बन्द नगर्ने हो भने अवस्था उस्तै हुनेछ । २६ वर्ष जागिर खाएर केयुमा प्रोजेक्ट चलाएका मनिष झा र कनैया झाको मात्र होइन कन्ट्रोलर थापाको प्रोजेक्टसमेत गोप्य छ । यही गिरोह हो मेडिकल माफीयाहरुलाई गुणस्तरहिन कलेज सञ्चालन गर्न सम्बन्धन दिने पनि । केयुभित्रको आयास्रोतका बारेमा बारम्बार प्रश्न उठ्नुको कारण व्यवस्थापकीय कमजोरी हो ।