Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । काँग्रेस संसदको ठूलो पार्टी । हिजो देउवालाई उचाल्दै प्रधानमन्त्री र राष्ट्रपति दूवै पद माओवादीलाई दिनै हुन्न भन्दै उचाल्ने डा. शेखर, महामन्त्री गगन र विश्व अहिले देउवालाई राष्ट्रपति वन्न उकासेका छन् ।
देउवा पक्षको पार्टी केन्द्रमा पनि दूई तिहाई संसदीय दलमा पनि दूई तिहाई हुँदा डा. शेखर समूह वाहिर जे बोल्छ भित्र केही गर्न सक्ने अवस्थामा छैन् । पार्टी र संसदीय दलमा कमजोर शक्तिले केही गर्न सक्दैन् । त्यसैले त्यो समूहले शेर वहादुर देउवालाई नै राष्ट्रपति वन्न उकासेको हो । देउवा राष्ट्रपति भएको खण्डमा पूर्ण बहादुर खडका कार्यवाहक हुनेछन् ।
खडकाद्धारा विशेष महाधिवेशन गराई पार्टीको नेतृत्व आँफूले लिने डा. शेखर समूहको दाउ रहेको छ । तर त्यो स्थिति सहज छैन् । चुनावमा काँग्रेसबाट धोखा खाएर १८ सीट प्रत्यक्ष जितेको माआवादीले ०७४मा एमाले सँगको गठबन्धनमा २३ सीट प्रत्यक्ष जितेको स्थिति थियो । नेकाले माओवादीको भोट पायो तर माओवादीले नेकावाट पाएको थिएन ।
डा. शेखर र गगन समूह वामपन्थी शक्ति विरुद्ध लागेको छ । त्यो समूहले पार्टी सभापति देउवालाई उचालेर भोलीको स्वार्थ हेरेको हो भन्ने ज्ञान देउवाको टीममा पनि छ ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल