Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देउवाले जित्दा माधव नेपाल बुरुक्क

काठमाडौं। दुई तिहाई बहुमतको कम्युनिष्ट जुँगाकै लडाइँले आज तहसनहस भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत प्राप्त गरेका छन् । देउवाको पक्षमा १६५ मत खसेको थियो भने विपक्षमा ८३ खसेको छ । त्यस्तै, तटस्थमा १ मत खसेको थियो । प्रधानमन्त्री देउवालाई माधव नेपालसहित एमालेका २२ जना सांसदले विश्वासको मत दिए । प्रधानमन्त्री देउवाले विश्वासको मत प्राप्त गरेपछि संसद् भवनबाट बाहिरिने क्रममा पत्रकाहरुसँग कुरा गर्दै नेता नेपालले जनताको जित भएको प्रतिक्रिया दिए । नेता नेपालले निरंकुश प्रवृत्तिको हार भएको र उक्त प्रवृत्तिमाथि आजबाट अंकुश लागेको पनि टिप्पणी गरेका छन् । उनले भने, संविधान जोगियो, संविधान निर्माताको भावनाको सम्मान भयो । निरंकुश प्रवृत्तिमाथि अंकुश लाग्यो । सर्वोच्चको ऐतिहासिक फैसलाको हामीले उचित कदर गरेका छौं । यो जनताको जित हो, लोकतन्त्रको जित हो र संविधानको जित हो ।


सम्बन्धित समाचार