Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देवत्वकरणमा रमाएका कम्युनिष्ट !

 

ईश्वरी वाग्ले

कम्युनिष्ट पार्टी श्रमिक वर्गको हितमा हुन्छ । उसका कार्यक्रम नीति सबै जनतामा आश्रित हुन्छन् । समाजको तल्लो वर्ग जो शुद्ध श्रमिक छ श्रमकै भरमा उसको जीवन चल्छ । नेकपा त्यस्तो समूह र मध्यम वर्गसँग मिश्रण राजनीतिक दल हुनुपथ्र्यो । तर नेपाल त्यस्तो देश भयो । जुन देशका कम्युनिष्ट नेता जनताका छोराछोरीलाई आन्दोलनमा कुदाउँछन् र आफ्ना छोराछोरीलाई महंगा स्कुल र कलेजमा पढाउँछन् । खरिबको नामका सेवा सुविधा यिनैले प्रयोग गर्छन् । शिक्षा हाँसिल गर्ने, छात्रवृत्तिमा नेताकै सन्तान हुन्छन् । यहाँ पूर्व एमाले र माओवादी भन्ने छैन । माधव नेपाल, ईश्वर पोखरेल, वामदेव गौतम पहिले बदनाम भइसकेका हुन् । हल्ला नभएको मात्र हो देव गुरुङ, नेत्रविक्रम चन्द पनि यही मेसोमा पर्छन् ।
राज्यको श्रोतमाथि दोहन गर्दा पार्टी, सत्ता र राज्य सत्ताको प्रयोग गर्नेहरूले आफ्नो हिजोको हैसियत भुलेका छन् । काँग्रेसले देखादेख खाने घुस र एमालेले मिलाएर खाने घुसमा हिजो अन्तर थियो । आज दश वर्षे जनयुद्धका नायकहरू सडेगलेको अवस्थामा छन् । सत्ताका नाममा प्रचण्ड र ओलीको देवत्वकरण गर्दा आफ्नो धरालत बिर्सने ईश्वरहरूको संख्या बढ्दैछ । नेकपाको एकता प्रक्रिय सरकारको नीति तथा कार्यक्रम चले जस्तो बनाएर पार्टी र नेतृत्व खरानी बन्दैछ । प्रधानमन्त्री ओली गणतन्त्र, संघीयताको खान्दानी व्याख्याता बन्न सकेनन् । बरु गुटको व्याख्या गरेर संगठनको प्रतिष्ठा ध्वस्त बनाउने नायक बन्दैछन् । देशको स्थिति एकपछि अर्को गर्दै बिग्रँदै छ । परिवर्तनपछिको स्थिति सुधार गर्न समय लाग्छ । तर कर्मचारीकै विश्वास सरकारले गरेन । अहिले लोकसेवा आयोगलाई कमजोर बनाउने गरी संसदको राज्य व्यवस्था समिति नै लागेको छ । प्रधानमन्त्री केपी ओली अध्यक्ष दाहालले त्यो समितिका सदस्यहरूलाई लोकसेवाको गरिमा राख्न निर्देशन दिन सकेनन् । अर्थात् उनीहरू पनि स्थानीय तहमा कार्यकर्ता भड्काउनुभन्दा बरु लोकसेवा आयोग नै तहसनहस होस् भन्ने रुचि राख्छन् ? राज्यमाथि दोहन बढीरहेको छ ।
पार्टी एकता भएको दुई वर्ष पुग्न थाल्यो । एकताको काम कता कता ? प्रम ओलीलाई नीतिगत भ्रष्टाचारबाट धन जम्मा गर्नु छ । उनका सेनामेनाले देश लुटिरहेका छन् । अहंमताले ओलीको दिनदिनै क्रेज घट्दो छ । आफ्नो स्वार्थ नजोडिएको देशका कुनै पनि इस्युमा उनी चासो दिँदैनन् । कम्युनिष्ट पार्टीको वैचारिक धरातल खस्किँदा फाइदा लिने शक्ति काँग्रेस नै हो । त्यसको पनि यति बेला दरभाउ छैन । ओलीलाई बिगार्ने उनकै विज्ञ र सल्लाहकार समूह हो । सरकारले पार्टीलाई प्राथमिकता दिन्थ्यो भने पार्टीका सहयोगी समर्थकहरूले सरकारका कामप्रति जनमत सिर्जना गर्थे । अध्यक्ष ओलीलाई पार्टी र सहयोगी समर्थक चाहिएको छैन । राजनीतिमा ओली जस्तो फटाई गर्ने अरु नेता छैनन् । किनकि उनी जे बोल्छन् त्यो गर्दैनन् । जे बोल्दैनन् त्यो गर्छन् । आफैंले गरेको लिखित सम्झौतामाथि लात हान्छन् । यो उनको बहादुरी हो । एमालेकालमा यिनले प्रदीप नेपाललाई उपयोग गरे । प्रदिपको छुद्रताले धेरै मान्छे एमालेबाट भड्किए । अहिले प्रदीप नेपालको कार्यक्षेत्र सञ्जय थापामा केन्द्रीत छ । साहित्य विधामा बेला बखत उनी उदाउँछन् । प्रदीप र ईश्वरलाई जुधाउने काम यिनैले गरे । नवौं महाधिवेशनमा प्रतिनिधिहरूले विश्वास गर्न नसक्ने स्थिति आयो । प्रदीप माधव नेपालतिर टाँसिए । जसले त्यो विश्वास गरेकै थिएनन् । मौकामा चौका हान्न सिपालु पैसावाल नेता ईश्वर पाखेरेल झलनाथलाई लात हानेर रातारात ओली पक्षमा लागे । उनी दोस्रो पटक महासचिव भए । तर पार्टी एकतापछिको महासचिव भने हुन पाएनन् । अहिले पोखरेललाई अध्यक्ष ओलीले नै थचक्कै पारेका छन् । जबकि २०७५ जेठ २ गते पार्टी एकता घोषणाको अघिल्लोदिन अध्यक्षद्वय र विष्णु पौडेल, जनार्दन शर्माले गरेको हस्ताक्षरको सहमतिको बुँदाको पहिलो नम्बरमै जबज र २१औं शताब्दीको जनवाद मिलाएर समाजवाद उन्मुख जनवाद पार्टीको सिद्धान्त हुने उल्लेख भएको ज्ञान ईश्वर जस्ता चलाखहरूलाई भएन । ईश्वर पोखरेल आफैं पनि करप्टेड हुन् ।
उनले नेकपाको एकता प्रक्रिया सफल हुँदैनथ्यो भने काठमाडौं क्षेत्र नं. ५ बाट सांसद बन्ने स्थिति थिएन । अबको स्थितिमा यी यसरी नै नाँगिदै गए भने ओलीको देवत्वकरण गर्नुको अर्थ हुँदैन । राजनीतिमा धेरै पानी बग्छन् अपराधी दुनियाँकै भलो सधैं हुन्छ भन्ने अहंकार धेरै नगरे हुन्छ । पार्टी र सरकार एकै पटक सिध्याउँछु भन्दा आफैं नांगिएको थाहा नपाउनेहरूको हालत के हुन्छ भविष्यले बताउँछ । नेताहरूले आ–आफ्नै गुटबाट चलाएको देवत्वकरणलाई टीकाइराखे भने नेकपाको हालत के हुन्छ ? जबकी पार्टीलाई जिवीत राख्ने विद्यार्थी, युवा, किसान, मजदूरको शक्ति टाइफाइटले गलाएको रोगी जस्तो बन्दैछ । बुढाहरूको व्यवस्थापन छैन । जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार कमिटीको ठेगान छैन । सबैतिर आशै आश छ । तर नेकपाको नेतृत्वका दुई हस्ती कुल देवता बनेर आफ्ना हनुमानहरूको मुस्कान कुरिरहेका छन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल