Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकासको लहर ल्याउन अबको चुनावमा एमालेले एकल बहुमत ल्याउनुपर्ने बताएका छन् । चितवनमा पार्टीको दसौँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले कसरी महाधिवेशन गर्छ भनेर आम जनता र देशले हेरिरहेको उल्लेख गर्दै सहमतिका साथ महाधिवेशन सम्पन्न हुने आशामा रहेको उल्लेख गरे। उनले एमाले राणाशाहीलाई भत्काउने, पञ्चायत, राजतन्त्र फाल्ने आन्दोलन देखि लिएर अन्धकार युगबाट उज्यालोतिर ल्याउने वैचारिक र व्यवहारिक ढङ्गबाट नेतृत्व गर्दै आएको पार्टी भएको दाबी गरे । हिजो इतिहासमा रगत बगाएर देशलाई यहाँसम्म ल्याउन बलिदान गरेको पार्टीको महाधिवेशन भइरहेको उनको भनाइ छ ।
उनले भने–‘आजका समस्याहरू ठिक ढंगले पहिचान गर्ने र समस्याहरूलाई समाधान गर्ने ऐतिहासिक अभिभारा बोकेको पार्टी हो यो । सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारा बोकेको, आर्थिक सामाजिक समस्या समाधान गर्नै अभिबारा बोकेको पार्टी हो । हामीले संघर्षका ७२ वर्ष पार गरेका छौँ ।’
उनले संविधानको रक्षाका लागि, देशमा विकासको लहर ल्याउन ल्याउनका लागि एकल बहुमत ल्याउन जरुरत रहेको उल्लेख गरे । अध्यक्ष ओलीले भने–‘मैले भनिरहेको छु, हामी परमादेशको बाटोमा नजाऊँ, बरु जनताका बीचमा जाऊँ भनेर मैले आग्रह गरेको थिएँ । त्यसलाई रोकियो । अब चुनाब आउँदैछ, म पार्टीका नेता कार्यकर्तालाई भन्न चाहन्छु । अब एमालेका लागि हैन देश बनाउनका लागि हामीले एकल बहुमत ल्याउनुपर्नेछ ।’
उनले उग्र वामपन्थ नभई व्यवहारिक रूपमा अग्रगामी परिवर्तन कसरी गर्न सकिन्छ, सम्भव हुने व्यवहारिक कार्यान्वयन गर्ने पार्टीको रूपमा रहेको एमाले रहेको बताए । उनले महाधिवेशन सहमतिका साथ अघि बढ्ने उल्लेख गरे । लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितको नक्सा सार्वजनिक गरेको चर्चा गर्दै उनले संविधानमै अंकित भइसकेको सो नक्शाअनुसारको भूभाग फिर्ता लिन बाँकी नै रहेको पनि बताए । संवादका माध्यमबाट आफूहरुले उक्त भूभाग फिर्ता ल्याउन सकिने विश्वास लिएको उनको भनाइ थियो ।
उनले भने–‘हामी तपाईंले छानेर पठाएका प्रतिनिधिहरू गैर जिम्मेवार छैनन्, अत्यन्तै जिम्मेवार छन् । आजभन्दा १ महिना २५ दिनअघि हामीले विधान महाधिवेशन गरेका थियौँ । विधान महाधिवेशनमा ६ हजार ३ सय ४७ प्रतिनिधि थिए । ३ चलेको महाधिवेशनमा प्रतिनिधिहरू उत्साहपूर्ण रूपमा छलफलमा सहभागी भएका थिए । अहिले त्यो भन्दा एकतिहाइ मात्र प्रतिनिधि छन् । २२ सय प्रतिनिधिका बीच महाधिवेशन हुँदैछ ।’ उनले महाधिवेशनबाटै आगामी चुनावको तयारी थाल्न आग्रह गरे ।
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल
२०८३ असार २
ताजा नेपाल