Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

देशभर थपिए ३५१७ कोरोना संक्रमित, उपत्यकामा १८८८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३५१७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुनेको संख्या ४ हजार ९६ रहेको छ। यस्तै थप १६ जनाको मृत्यु हुँदा कुल मृतकको संख्या ९२० पुगेको मन्त्रालयले शुक्रबार जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन्, जुन संक्रमितमध्ये २२।८ प्रतिशत हो । यस्तै बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकामा १८८८ जनालाई कोरोना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार उपत्यकामा थप १ हजार ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसमा ७८१ महिला र ११०७ जना पुरुष रहेका छन् । यस्तै हालसम्म उपत्यकामा ३३३ जनाको मृत्यु भइसकेको छ । मन्त्रालयका अनुसार काठमाडौंमा हाल १६ हजार २४२ जना सक्रिय संक्रमित रहेका छन् भने निको हुनेको संख्या ४४ हजार २८८ रहेको छ । २१२ जनाको मृत्यु भएको काठमाडौंमा हालसम्म जम्मा संक्रमित ६० हजार ७४२ जना रहेका छन् ।

यसैगरी भक्तपुरमा सक्रिय संक्रमित११६५ रहेका छन् भने निको हुनेको संख्या ४ हजार ४२२ रहेको छ । अहिलेसम्म ६३ जनाले ज्यान गुमाएको भक्तपुरमा कुल संक्रमित ५ हजार ६५० पुगेको छ । यसैगरी ललितपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ३४५ रहेको छ भने निको हुनेको संख्या ६ हजार १९६ रहेको छ। हालसम्म ५८ जनाले ज्यान गुमाएको ललितपुरमा जम्मा संक्रमित ८ हजार ५९९ जना रहेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म देशभर संक्रमितको कुल संख्या १ लाख ६८ हजार २३५ पुगेको छ भने निको हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ । यस्तै २४ घण्टामा थप १६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या ९२० पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित ३८ हजार ३५७ जना रहेका छन् ।


सम्बन्धित समाचार