Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेताहरूले हामी चोखा भन्नै पर्दैन । माफिया दिपक भट्टलाई कसैको घर प्रवेशमा रोक थिएन । भ्रष्टाचारमा नेता डुब्न आफैंले हस्ताक्षर गर्न पर्दैन । फोनको भरमा कर्मचारीलाई अह्राए भो । केपी ओलीले नै सम्पत्ति सुद्धिकरणको कारबाही अनुसन्धान रोक्न लगाएको कुरा त्यो बेला पर्दाफास भो जुन बेला उनी आफ्नै कारणले ओरालो लाग्दै थिए । नेपालमा नीतिगत भ्रष्टाचारका जननी हुन केपी ओली, जसले भाटभटेनीका मिनबहादुर गुरुङ प्रचण्डका भन्थे तर उनकै भूमिदान लिएर पार्टी कार्यालय बनाउने घोषणा गरे ।
अरुलाई भन्न पाउँदा ओलीको छुद्रता प्रदर्शन भयो । पाप धुरीबाट करायो । दिपक भट्ट, प्रदीप अधिकारी, सुलभ अग्रवाल, सहिल अग्रवाल, कैलाश सिरोहिया जस्ता आर्थिक अपराधीसँग दिपक मलहोत्रा, बिनोद चौधरी, पवन अग्रवाल जस्ता एक दर्जन व्यापारी उद्योगी ओलीको कृपामा देश लुट्न सफल थिए । कृषि सामग्री कम्पनीको महाप्रबन्धक, वायुसेवा निगमको महाप्रबन्धक पदमा राजनीतिक नियुक्ति खाने स्व. चतुर्जुभ भट्टका पौरखी पुत्र हुन् दिपक भट्ट । प्रहरीको सामान सप्लाई, हतियार खरिद, सेनाको अधिकांश ठेक्का, रोहिणी तिमिल्सिना र दिपक भट्टकै कब्जामा थिए । जुन दलको सरकार बन्छ, उसकै अध्यक्ष तथा प्रधानमन्त्रीलाई थैली चढाएर आफ्नो काम सम्पन्न गर्ने भट्ट आज कब्जामा पर्दा सबै नेता थर्कमान छन् । वामदेव गौतमदेखि डा. आरजु राणा र प्रचण्डसम्म यिनको जालमा नपरेका होइनन् । उनी छानविनमा पर्दा रिलायन्स इन्स्योरेन्स र जगदम्बा गु्रेपको नाम जोडिन्छ भन्ने तथ्य लुकेको छैन । सरकारी तहका ठूल्ठूला भ्रष्टाचार यहाँ धेरै छन् । वर्तमान सरकारले शुरुवाती काम देखाउँदा हतास हुनुपर्ने छैन । पाप जसले गरेको छ त्यो फस्नु पर्छ । लोकतन्त्रका नाउमा लुटतन्त्र चम्काउनेहरूलाई छोड्नु हुन्न ।
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल
२०८३ बैशाख १०
ताजा नेपाल