Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आयोजना प्रभावित र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकका आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले दैलेखका आयोजना प्रभावित स्थानीयको लागि ५ लाख ३६ हजार ४ सय ८६ कित्ता शेयर निष्काशन गर्न लागेको हो । उक्त शेयर मध्ये अति प्रभावित क्षेत्र साविकका नौमुले र कालिका गाविसका स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर र यस बाहेकका दैलेख जिल्ला अन्य स्थानीयलाई २ लाख ६८ हजार २ सय ४३ कित्ता शेयर निष्काशन गर्न लागिएको कम्पनीले जानकारी दिएको छ ।
बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलका अनुसार १ लाख ७ हजार २ सय ९८ कित्ता आईपीओका लागि नेपाली श्रमिकहरुले आवेदन दिन सक्ने छन् । विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरुको लागि निष्काशन हुने जनाईएको छ ।
आयोजना प्रभावित स्थानीयले छिटोमा फागुन १५ र ढिलोमा चैत्त ७ गतेसम्म आवेदन दिन सक्ने छन् भने नेपाली श्रमिकले फागुन १५ गतेसम्म मात्र आवेदन दिन पाउने छन् ।
पहिलो चरणको आईपीओ बाँडफाँटपछि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने कम्पनीले जनाएको छ ।
दोल्ती पावरले दैलेखमा ४.८ मेगावाटको पदम खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी विद्युत उत्पादन गरिरहेको जनाएको छ ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल