Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

दोस्रोपटक भारत आउँदै छन् मेसी

काठमाडौं । विश्व चर्चित अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेसी भारत भ्रमणमा आउने भएका छन्। मेसीले सामाजिक सञ्जालमार्फत् आफू भारत भ्रमणमा आउन लागेको जानकारी दिएका हुन्। भारत भ्रमणका क्रममा मेसीले कोलकाता, मुम्बई, दिल्ली, हैदाराबादसहितका शहरमा पुग्ने कार्यक्रम छ। ती सहरमा आयोजना हुने कार्यक्रममा उनी सहभागी हुनेछन्। उनको भ्रमणलाई ध्यानमा राखी भारतमा आयोजना गरिएको कार्यक्रमको नाम ग्रेटेस्ट अफ अल टाइम टुर अफ इन्डिया २०२५ राखिएको छ। उक्त टुर डिसेम्बर १२ तारिखमा कोलकाताबाट सुरु हुने बताइएको छ। मेसीले डिसेम्बर १५ तारिखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रमसमेत रहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। मेसी यसअघि सन् २०११ मा पनि भारत भ्रमणमा आएका थिए। यसपटक मेसी डिसेम्बर १२ तारिखमा कोलकाता पुग्नेछन्। डिसेम्बर १३ तारिखमा कोलकातामा मेसीको सम्मानमा विशेष कार्यक्रम आयोजना गरिने छ। आफ्नो भारत भ्रमणबारे जानकारी दिँदै मेसीले सामाजिक सञ्जालमा लेखेका छन्, भारतबाट सबैको मायाको लागि धन्यवाद । गोटा टुर केही हप्तामा सुरु हुन्छ। मेरो कोलकाता, मुम्बई र दिल्लीको भ्रमणमा हैदरावाद थपिएको कुरा साझा गर्न पाउँदा म खुसी छु। छिट्टै भेटौंला भारत ।


सम्बन्धित समाचार

पुराना दलका शीर्ष भनिएकाहरुको बढारिए

२०८२ फाल्गुन २५

ताजा नेपाल

समानुपातिकमा कुन दलको कस्तो छ अवस्था ?

२०८२ फाल्गुन २५

ताजा नेपाल