Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धमिलाे मुलबाट सङ्लो पानीको के आशा ?

काठमाडौं । जस्तो बिउ रोप्यो फल त्यस्तै फल्छ । नेपालका ठूला दलहरूले लोकतन्त्रलाई लुटको क्षेत्र बनाए । मुलै धमिलो छ भने त्यो मुलबाट सङ्लो पानी खोज्नु व्यर्थ हुन्छ । सर्वोच्च अदालतको अहिलेको फैसला र चर्चित विवाद पनि यस्तै होइन र ? माननीयहरुले महाअभियोगको प्रसंग पनि चलाएकै छन् । तर उनीहरु अहिले कता बेपत्ता भए ? अदालत समेत शुद्ध भएनन् । आइएनजीओहरूका खेतालाले प्रशासनिक न्यायिक मात्र होइन सामाजिक क्षेत्रका समेत कानुनको मस्यौदा बनाउने भए । संविधानसभाकै बेलामा ककस नामको भत्ता हसुर्ने गणतन्त्रवादीहरूले पैसालाई जोड दिँदै सिद्धान्त आदर्श, विचार र पद्दतिलाई तहसनहस बनाएकै हुन् । कम्युनिष्ट भनेको बिग्रेको सपार्ने, बिग्रिएकालाई सुधार्ने होलान् भन्ने थियो । तर सपना प्रधान मल्ल, हरिकृष्ण कार्की जस्ता शुद्ध युरोपेली युयिनयनका जासुसहरूलाई सर्वोच्चमा छिराउने को हो ?

जसले चोलेन्द्र समशेर जस्ता शाहीकालीन मतियारलाई सर्वोच्चको प्रधानन्यायाधीश बनाए । जस्तो फल रोप्यो त्यस्तै फल्छ । चोलेन्द्रहरू सर्वोच्च छिर्न योग्य थिएनन् । उनीहरूलाई न्याय परिषद्ले सिफारिश गर्दा जनताको सर्वोच्चता भएको संसदले किन आँखा चिम्लियो ? त्यतिबेला चोलेन्द्रहरूको चरित्र उदांगो भएको थिएन र ? किनकि उनले जिल्ला अदालत र विशेष अदलातमा गरेका फैसलाले न्यायिक क्षेत्रको बदना गराएको थियो । सपना प्रधान मल्लले ज्यानमारा पृथ्वी मल्ललाई जेलको साटो धरौटी राखेर सडकमा हिँड्न छूट दिइन् । जसको सवारी चलाउने लाइसेन्स समेत थिएन ।

लाइसेन्सबिना गाडी चलाएर मान्छे मार्नेलाई धरौटीमा छुटाउने श्रीमान सपना प्रधान मल्ल र चोलेन्द्रको फैसलामा फरक छैन । महाभियोग चोलेन्द्रलाई मात्र होइन सर्वोच्चका खञ्चुवा श्रीमानहरू छानेर लगाउनु पर्ने व्यवहार उनीहरूले देखाएका छन् । श्रीमती गिता ढकालको हत्या गरेको स्वीकारेका रञ्जन कोइरालाप्रतिको माया कति पैसाको हो त्यसको छानविन गर्छ कसले ? सरकार जस्तो छ त्यस्तै अदालतले कस्तो शुद्धता देखाउँछ । सबैलाई थाहा छ तत्कालिन नेकपा एमाले युरोपेली युनियन सिआइए र भारतीय गुप्तचर रअद्वारा प्रशिक्षित र निर्देशित शक्तिहो । अहिले जासुसहरूको झुण्ड प्रधानमन्त्री केपी ओलीसँग जोडिएको छ । यो जमातले भ्रष्टाचार गर्न, अहपरण, हत्या, कुटपिट सबै गर्न पाउँछ । देशमा लकडाउन थिएन ओली गुटले राज्य आतंक मच्चाउँथ्यो ।

अदालत भ्रष्टाचारी र घुस्याहरूको खेल मैदान भएको प्रमाण प्रहरीमा नवराज सिलवाल प्रकरण चर्काएदेखिनै हो । सुशीला कार्की पनि तिनै सपना र हरिकृष्णको जालमा नाचिन् । त्यसबेलाको लडाई शेरबहादुर सरकारले गरेको निर्णय मात्र थिएन । यहाँ एमालेको छायाँ थियो सपना मल्ल प्रधान र हरिकृष्ण कार्की प्रत्यक्ष जोडिएका थिए । मौकाअनुसार सुशील प्याकुरेल अग्नि खरेल, सुभाष नेम्वाङ जस्ता धमिराहरू अदालती फैसलाका भित्री एजेन्ट बन्ने गर्थे । रञ्जन कोइराला प्रकरण त पैसाले देखाएको ध्वांश हो । अपराधीप्रति दया देखाउने चोलेन्द्र र सपना प्रधानहरूको न्यायमा सर्वोच्चको मुद्दा फाँट र तामेली फाँटका मुसाहरूद्वारा सताइएकाहरू कतिको उद्दार गरे होलान् महाअभियोगको तयारी गरेका सांसदहरूले बुझे हुँदो हो ।