Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सुनसरी । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ आफै पनि केही गरौं भन्ने मान्छे हुन् । काठमाडौंका मेयर बालेन शाहको अहंकार र हर्कको अहंकारको अर्थ छैन । तर तिनले उठाएका मुद्दा ठिक छन । काम गर्नेलाई अधिकार नदिने कुण्डले, मुण्डलेको सेवा गर्ने यो सरकारका विरुद्ध जो जसरी लागेका छन् त्यो विकृतिको जड हो । विकृति अरुले होइन प्रम केपी ओलीले बढाएका छन् । प्रम ओलीको सचिवालयले छनोट गरेका मान्छे जो जहाँ छन् ती लुटाहा हुन् । अदालत प्रयोग गरेर ललिता निवास हजम गर्ने कुमार रेग्मी जस्ता न्यायाधीश सर्वोच्चमा छन् । राज्यश्रोत हजम गर्ने कुरामा केपी र रेग्मीको साँठगाँठ छ । काँग्रेसी आवरणमा लुट्ेन रेग्मी र कम्युनिष्टको आवारणमा लुट्ने केपी ओलीको बीचको सम्बन्धले देशको कानुनी न्याय कहाँ कति कसरी उदांगो हुन्छ त्यसको फल पाक्दैछ । कुनै बेला राजा वीरेन्द्रले पूर्वाञ्चलको भ्रमण गर्दा धरानका मेयरले शर्शु जलाधार केन्द्रमा पर्ने ५ हजार रोपनी जमिन अधिग्रहण गर्न सके त्यहाँको पानीको श्रोतले धरानको उर्लदो वस्तीमा पानी पुग्ने विश्वास दिलाए । राजाले त्यो जमिनको मुआब्जा स्वरुप जग्गा दिने र नगद बााड्ने काम गराए । आज त्यो ठाउँबाट धरानमा पानी ल्याएर जनतालाई खानेपानी दिलाउँदा भूमाफिया गिरोहको योजना भत्कँदैछ । किनकि केन्द्रको सरकारका प्रमुख माफियाका दलाल भएका छन् । उनले स्वतन्त्र चुनाव जितेर आफ्नो राज्य लुटमा साथ नदिने उपर कसरी प्रहार गर्छन् भन्ने कुरा काठमाडौं महानगरका प्रमुख कार्यकारी नपठाउनु हो ।
माफियाले शर्सु जलाधारले लिएको जमिन व्यक्तिको भएकाले अदालती तालमेल मिलाउन खोजेका छन् । सर्वोच्च अदालतमा त्यो मुद्दा छ । दिलीप राई नामक माफियाले न्यायाधीश मिलाउने ठेक्का लिएकै बेला नगर प्रमुख हर्क साम्पाङ धरानबाट काठमाडौं आएर सिंहदरबार गेटमा रित्तो गाग्री लिएर उत्रनु परेको कारण दर्शाए । उनी आफैंले श्रमदान गरेर ल्याएको पानी प्रति विश्वास नहुँदाको परिणती दिलीप राई नामको दलाल हुनसक्छ । वरिष्ठ अधिवक्ता धु्रवलाल श्रेष्ठका अनुसार ५ हजार रोपनी जमिन अधिग्रहण गरेर मुआब्जा दिएर जनतालाई सन्तुष्ट बनाएको अवस्था हो । अहिले सर्वोच्चमा नौ जना ती न्यायाधीश छैनन् । जसले त्यो समस्या हल गर्नु पर्ने दायित्वलाई बिचौलियाको पैसालाई जोड दिएका छन् । आज पनि धरानको खानेपानी सम्बन्धी मुद्दा उस्तै छ । राजाले अधिग्रहण गरेर मुआब्जा दिएकाहरू कता छन् पत्ता छैन । तर माफियाले शर्सु जलाधारको ५ हजार रोपनी जमिन कब्जा गर्न अदालत प्रयोग गर्न भने छाडेका छैनन् । मेयर हर्क साम्पाङ आफैं पनि उद्दण्ड छन् । उनले बालेन शाहले जस्तो सिंहदरबारको तानानाशहसँग फेसबुके युद्ध गरेका छैनन् । तर ओलीको नजरमा जनताको काम गर्ने व्यक्ति शत्रु सावित भएका छन् । जसले कमिशन दिँदैन ती प्रमका शत्रु हुन्छन् ।
धरान मात्र होइन, प्रम ओलीले विद्युतका कुलमानलाई प्रम पदमा आएदेखिनै शत्रु ठानेर विद्युत बिल नतिर्ने उद्योगीको संरक्षक भएको प्रमाण रु ८ अर्ब ६४ करोड ७५ लाख विद्युत महशुल नउठ्नु हो । यहाँ काँग्रेस नांगै छ । ऊर्जामन्त्री दिपक खड्काको अपराधमाथि अंकुश लगाउने आँठ काँग्रेसका कुनै माइकालालमा छैन । काँग्रेसका नेताहरू नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गल्ला छन् । काँग्रेस सभापति शेरबहादुर देउवाबाट ऊर्जाको करामतमा कुनै चासो हुँदैन । भ्रष्टै भ्रष्टको देशलाई पूर्व राजाका कुण्डले, मुण्डलेबाट चेतावनी आउँछ । तीनको देश बनाउने नीति छैन । म आएँ भनेको छ । गाडीमा बसेर हात हल्लाएको छ । बहुदल खारेज गरेर पञ्चायतका कुहिएका पात्र लिएर शासन गर्दाको जनताको विद्रोह देखेको छैन । एमालेका अध्यक्षले संसदमा भिœयाएको बिउबाट उम्रिएको ऐजेरुहरूको कुरा सुनेको छ । तर आफ्ना दाजु राजा हुँदाको शर्सु जलाधारको जमिन कब्जा गर्ने भूमाफियाको दाउ बुझेको छैन ऊ आफू पुरानै राजगद्दिमा फर्कने दाउमा छ । ज्ञानेन्द्र राजाको गद्दीमा फर्कनु केपी ओली राजा सरह ठानेर संसदीय सर्वोच्चतामाथि प्रहार गर्नु, माफियाबाट चलेको शासनमा सधैं माफियाको राज चल्छ भन्नु शर्सु जलाधारको ५ हजार रोपनी जमिन व्यक्तिको हो भन्नु एउटै हो । यो मुलुकको प्रम जसले काम गर्छ उसको खेदो खन्न तयार हुँदा आफू कुन धरातलमा छु पत्तो पाउँदैनन् । आफैंले बोलेका कुरामा उनलाई मतलब हुँदैन । बालेन शाह र हर्कले भ्रष्ट शिरोमणिमाथि प्रहार गर्दा यी छटपटाउँछन् । तर ज्ञानेन्द्रले म आएँ भन्दा अत्तालिएर माओवादीलाई गुहार माग्दै गणतन्त्रको रक्षा गर्न लगाउँछन् । त्यही कारण खान पाए भन्दैमा हजम गर्न हुँदैन भन्ने चेत यिनमा छैन ।
२०८१ चैत्र ६
ताजा नेपाल
२०८१ चैत्र ६
ताजा नेपाल
२०८१ चैत्र ६
ताजा नेपाल