Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धरौटीमा छुटे रंगिला सांसद बानियाँ

नेपालगन्ज । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा (एमाले) का संघीय सांसद मोहन बानियाँ धरौटीमा छुटेका छन् । सांसद बानियाँ पाँच लाख धरौटीमा बुधबार छुटेका हुन् । जिल्ला अदालत बाँकेका न्यायाधीश ईश्वरीप्रसाद भण्डारी इजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो । सांसद बानियाँले माघ १९ गते नेपालगन्जको होटलमा जुम्लाकी ४० वर्षीया एक महिलालाई बलात्कार गरेको भन्दै पीडितले २७ माघमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएकी थिइन् । उजुरीपछि फागुन १६ गते नेपालगन्ज विमानस्थलबाट सांसद बानियाँ पक्राउ परेका थिए ।
जुम्लाकी ती शिक्षिकाले आफूमाथि सांसद बानियाँले माघ १९ गते शुक्रबार नेपालगन्जस्थित होटल अप्सरामा एकैदिन दुईपटक बलात्कार गरेको आरोप लगाउँदै माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । जाहेरीपश्चात् प्रहरीले घटना अध्ययन गरेर माघ २७ गते बिहीबार मुद्दा दर्ता गरेको थियो । फागुन २ गते सांसद बानियाँलाई पक्राउ गर्न जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेको थियो । फागुन १६ गते सोमबार प्रहरीले उनलाई नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । पीडित महिलाले आफूले दिएको २५ लाख रुपैयाँ फिर्ता गर्छु भनेर सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ ।