Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
नेपाली सेना अर्थात राष्ट्रसंघको शान्ति सेना र भारतको मानार्थ सेनाका पूर्व प्रधान सेनापती धर्मपालबरसिह थापाको ८५ बर्षको उमेरमा निधन भएको छ । भारतीय मानार्थ सेनापतिको हैसियतले भारतको राजधानी नयाँ दिल्लीको गुडगाउँमा भारतीय सरकार र सेनाको सुविधामा बस्दै आउनुभएको थियोे । गणतन्त्रका प्रणेता पूर्वप्रधान सेनापती रुकमङगद कटवाल, प्यारजङ्ग थापालाई पनि नयाँ दिल्लीले यो सुबिधा उपलब्ध गराएको छ । अखिर मृत्युत शास्वत सत्य नै छ । इतिहासले उहाँहरूको लेखाजोखा अवश्य गर्नेछ ।
पत्रकार सरोजराज अधिकारीको जासुसीको जालो पुस्तकमा उल्लेख भए अनुसार यिनै पूर्व सेनापतिका ज्वाइँ तत्कालीन सहसेनानी दिलिपशमशेर जबराको बिशालनगरको घरमा २०५८ जेष्ठ १९ गते राजा बिरेन्द्रको हत्याको समयमा भारतीय खुफिया एजेन्सी रअका प्रमुख पिके हर्मिज थाराकन बसेका थिए । नेपाल–चीन अध्यनकेन्द्रका अध्यक्ष मदन रेग्मीले धर्मपालवर सिंह थापा र कटवाललाई अत्यन्त देशभक्त सेनापतिको रूपमा बेला बेलामा नाम उल्लेख गरेको पाइन्छ । डा. बाबुराम भट्टराई र केरलाका इसाई रअका तत्कालीन प्रमुख पिके हर्मिज साथि हुन् । डा. भट्टराईको दरबारहत्याकाण्डको अर्को दिन नयाँ कोतपर्बलाई मान्यता दिनुहुँदैन भन्ने लेख हर्मिज थाराकनकै सहमति र निर्देशनमा लेखिएको जानकारहरूको धारणा छ । यो लेख पत्रकार युवराज घिमिरेले प्रकाशित गरेका थिए । त्यतिबेला कान्तिपुर दैनिकको सम्पादक युवराज घिमिरे थिए । उहाँ अहिले देशसञ्चारडटकम चलाइरहनु भएकोछ । कुनै समय जनआस्था साप्ताहिकसँग जोडिएका कृष्ण अविरलले रक्तकुण्ड लेखे जस्तै देवप्रकाश त्रिपाठिले दीपेन्द्र केन्द्रित हत्यारा देखाउँदै महानिशा लेख्नुभएको छ । यो हो नेपाली पत्रकार जगत एउटै केन्द्र फरक मिसन ।
घिमिरे राजा ज्ञानेन्द्र शाहका बर्तमान सम्बाद सचिव फणीराज पाठकका दिल्लीमा रहँदाका रुम पार्टनर पनि हुनुहुन्छ । मैले पÞmेरि पनि दोहि¥याएर भन्दैछु, सबैभन्दा अपराधी देशद्रोही, राष्ट्रघातीहरू अहिले राजा र राष्ट्रबादको आवरणमा छद्वमरूपमा क्रियाशिल रास्ट्रसंघको शान्तिसेना र भारतको मानार्थ सेनाका जासुसहरू छन् । तिनीहरू पत्रकार, धार्मिक अभियन्ता, वकिल आदि आवरणमा विभिन्न मोर्चाहरूमा देखिन्छन् । असली देशभक्त र वैदिक सनातनिहरू साबधान ! अब बदलिँदो विश्व भूराजनीतिले पनि यी छद्वमभेशिहरूको आर्यघाटमा दाहसंस्कार गर्ने अवस्था सृजना गर्दैछ । अहिले असली देशभक्त र सनातनिहरू जोगिनु मात्रै पनि ठूलो कुरा हो । त्यतिमात्रै होईन तत्कालीन कपिलवस्तुका सांसद मिर्जा दिलसादबेगको हत्या गर्ने हत्यारा सुटर पूर्व आइजिपी हेमबहादुर सिंहको चप्पल कारखाना अगाडिको घरमा बसेका थिए । यो कुरा पनि सरोजराज अधिकारीको जासुसीको जालो पुस्तकमा उल्लेख छ । तिनै आइजिपी सिंहका छोरा प्रबन्धबहादुर सिह युवराज पारसका साथि थिए जो अहिले ब्याग्रबेधनाथको रूपमा भेष बदलेर पशुपतिको मृगस्थलि गोरखनाथ मठमा हुनुहुन्छ । यसरी बुझौं अहिलेको अवस्था । छद्वमहरूको घेराबाट जोगिँदै आ–आफ्नो स्थानबाट क्रियाशिल रहौ । यिनिहरूको समाप्ति निश्चित छ ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल