Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

धर्मभिरुहरुले दलितलाई रोकेपछि….. (भिडियोसहित)

काठमाडौं । संविधानले छुवाछुत र जातभातको अन्त्य गरेको पनि धेरै लामो समय समय बितिसक्यो तर समाजभित्र छुवाछुत र जातभातको कुरा अझै हटिसकेको छैन । दश वर्षे जयुद्धले पनि यो विभेदलाई हटाउन नखोजेको होइन तर अहिले तिनै युद्धका नाइकेहरु सत्तामा छन् उनीहरुभित्र क्रान्तिकारी विवाह गर्नेहरु आफ्नै परिवार र समाजबाट बहिष्कृत भएर जन्मथलो छोडेका थुप्रै उदाहरण छन् । बाहुन क्षेत्री र दलित समुदायबीच त यो विभेदको खाडल ठूलो त भने दलितदलित बीचमै पनि यो विभेद हट्नुको साटो बढ्दो छ । बागलुङको कुडुले फेदिमा रहेको विद्याश्रम सस्कृत माध्यामिक विद्यालयमा अहिलेसम्म ब्रम्हाण समुदाय बाहेक अरुले पढ्ने बाताबरण बन्न नसकेपछि आचार्य चन्द्रकान्त पौडेलले २०७१ साल बाटै सबैले पढ्न पाउने माग उठाए पनि उनको माग अहिलेसम्म सुनुवाई भएको छैन ।

बाचन शिरोमणि स्व. नारायण पोखरेलले दलितका बटुकहरुलाई ब्रतबन्ध गराएर काँधमा जनैको डोरो लगाइदिए पनि तिनै बटुकहरुको अगाडि दलित दलितबीच लडाइँ चर्किएको नदेखिएको होइन । यतिखेर बाग्लुङको एक संस्कृत विद्यापिठमा दलित युवाहरुलाई संस्कृत पढ्न दिने र नदिने लडाइँ चर्किएको छ । यो लडाइँको दर्शक बनेका छन् नेकपाबाट निर्वाचित सांसद सांसहरु र सिंगो पार्टी र कम्युनिष्ट सत्ता । धर्मको नाममा नेपालका विद्या पिठहरुमा गैरसरकारी संस्थाहरुको प्रवेशले आन्तरिक किचलो बढाउन थालेको छ । चाहे त्यो बाल्मिकी विद्यापिठ होस् वा महेन्द्र संस्कृत विद्याविद्यालयको परिसर किन नहोस् ।

यहाँ अहिलेसम्म बाग्लुङ र प्यूठानको स्वर्गद्वारीजस्तो विभेद देखिँदैन । तर धार्मिक रुपमा विभेदका व्यवहारहरु भने बेलाबखत मौलाउने गरेका छन् । त्यहाँ प्राचार्यले पढाईमा भेदभाव गर्न नहुने बताइरहँदा स्थानीय अभिभावकहरुले संस्कृत विद्या आर्जन गर्न दलितहरुले नपाउने अडान लिइरहेको प्रस्तुत भिडियोमा हेर्न सकिन्छ ।  भीडियाे साभार इनेपाली खबर