Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। छँदाखाँदाको झण्डै दुई तिहाई बहुमत तहसनस गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली फेरि बहुमतको सरकार भन्दै चुनावी मैदानमा उत्रिएका छन् । ्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार सुदूरपश्चिम प्रदेश आउने भएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्न अध्यक्ष ओली सुदूरपश्चिम आउन लागेका हुन् । बिहीबार साझ धनगढी पुग्ने र भोली दार्चुला जाने कार्यक्रम रहेको एमाले प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिए । एमालेले भोली दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्ने उनले जनाए ।
आफू प्रधानमन्त्री हुँदा चुच्चे नक्सा समेटिएको ठाउँबाट चुनावी अभियान थाल्नुले अतिक्रमित भूमि फिर्ता गराएको एजेन्डालाई महत्त्वपूर्ण क्रेडिटको रूपमा चुनावी मिसन बनाउने सङ्केत देखिएको छ । एमाले सरकारकै पालामा भारतले कब्जा गरेको भूमि नेपाली नक्सामा राखिएको थियो, प्रदेश सचिव पाठकले भने, त्यो भूमि नक्सामा राखेर मात्र हुँदैन नेपालाई फिर्ता गर्नुपर्छ । पाठकका अनुसार एमालेले आगामी निर्वाचनमा अतिक्रमित भूमि फिर्ता गर्ने कुरा सशक्त रूपमा उठाउने छ ।‘भारतद्वारा अतिक्रमित लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाली क्षेत्र हो भन्ने कुरा पुष्टि भइसकेको छ, उनले भने, अब एमालेको सरकार बनेपछि त्यो भूमि फिर्ता ल्याउने गरी लाग्छौँ । दार्चुला सदरमुकाम खलंगामा भोली बिहान ११ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने छन् । भोली नै दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा पनि ओलीले चुनावी अभियान उद्घाटन गर्ने छन् ।
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल
२०८१ मंसिर १३
ताजा नेपाल