Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नखाने डिआईजीको देखियो चाला

काठमाण्डौ । आफू पनि खान्न अरुलाई दिन्न भन्ने डिआईजी चन्द्र प्रकाश गौतमले आलु प्याज पक्रने दाम आउने छोड्ने गरेपछि छिन्नमस्ता बाहिनीको स्वच्छताले प्रदेश २ का रौतहट, पर्सा र बाराका शसस्त्र प्रमुखहरु दंग छन् । मुखले धुमुवा रहित प्रदेश बनाएको बताउने डिआईजी गौतमलाई समयमा जिल्ला कमाण्डरहरु नफेरिदा फाईदा भएको छ । कुनै बेला सर्लाहीमा ५ जना धुमुवा राखेर तस्करको काम गरेका डिआईजी प्रति हलचोक भित्र चर्काे विरोध भएको छ । अहिले पनि लाइन मिलाएर दशै खर्च उठाउने काम यीनले चलाएको प्रदेश १ का डिआईजीका चमत्कारी एक एसपीले बताए ।

गौतमले सर्लाहीमा रहँदा विओपी र बेस क्याम्प स्थापना गर्न गएको करोडौ रुपैयाँ झ्याप पारेका थिए । सेनाबाट आएको म एक्लो हुँ मेरो विरुद्ध जो लाग्छन् लागून तर म आफ्नो योजनामा छु म खान्न अरुलाई पनि दिन्न उनको यस्तो भनाई आईरहँदा आफ्नै क्षेत्रका आठ जिल्लामा सीमा नाकाको तस्करी कति नियन्त्रण भयो ? गौतमको आदेशमा चल्नेले आलु प्याज समाए तर गुटका, काजु, अलैची, सुपारी, गेडागुडीसँगै तस्करका कति सामान छोडाए ? यो प्रश्न आहिले छिन्नमस्ता बाहिनी पतिका निम्ति सरल भए पनि शसस्त्र प्रहरीका लागि कठिन बन्दै छ । प्रदेश इन्चार्ज र जिल्ला इन्चार्जहरुको मुल्याङ्कन प्रतेक दिन हलचोकले गरेको बताईन्छ । अरुलाई बाहिनी छाड्न नमिल्ने तर गौतम र प्रदेश १ का वंशी दाहालले बाहिनी छाडेपनि आइजीपी साचिवालयले पत्तो नपाउनुको कारण अनौठो छ । गौतम सानो गौचरणमा रहदा राशन काण्डमा फसेका थिए । त्यसपछि उनलाई तालिम केन्द्रमा थन्काइयो ।

शसस्त्र प्रहरी सीमाको रक्षक हो । तर त्यसका कमाण्डरहरु जिल्ला प्रमुखहरुको कामबाट भन्दा तस्करी खुला गरेर आउने दामबाट धेरै प्रभावित छन् । शसस्त्र र नेपाल प्रहरीमा समय पुगेर पनि सरुवा नहुँदा लापरवाही बढी हुन्छ । किनकी जाने बेलामा मनपरी हुन्छ । हाकिमहरुको तस्करसँग उठबस चम्कन्छ, आतेजाते बढ्छ । चर्चामा प्रदेश २ जति छ त्यही अनुसार पहाडका डिएसपीहरु दिपक वराल भोजपूर किशोर श्रेष्ठ पाँचथर बुद्दिनारायण महर्जन दोलखा केशब प्याकुरेल रामेछाप चर्चित हुनुको कारण जति दरवन्दी छ राशन सबैको जान्छ संख्या त्यहाँ नुहुनु हो । यतिखेर सरुवामा चलखेल हुन्छ । त्यहाँ सम्बन्धीत बाहिनीपतिको हात बढि हुन्छ ।

समयमा केन्द्रको निर्णयले काम गथ्र्याे भने प्रदेश २मा यो उल्कापात हुने थिएन । पुष्पराम केसीलाई प्रसासनबाट हटाएर एआईजी रामशरण पौडेललाई प्रशासनमा ल्याएपछिको शुरुवात राम्रै गरेका थिए । तर बीचमा उनी फेरि बेपत्ता भएकाले आईजीपी सचिवालय समेत निर्णय हिन बनेको हो । स्मरणीय छ शसस्त्र प्रहरीको गण्डकी, लुम्बिनी, प्रदेश १ र कर्णाली डिआईजीहरुको सरुवा गत साउन मै हुनुपथ्र्याे । तर गृहमन्त्री बालकृष्ण खाँडले तत्काल सरुवा मात्र होइन अवधि पुगेका र योग्य अधिकृतहरुको बढुवा समेत रोकि दिदा अर्दसैनिक बल शसस्त्र भित्र विकृति बढेको हो ।


सम्बन्धित समाचार