Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

नयाँ नेतृत्व नयाँ सोचमा काँग्रेस

काठमाडौं । काँग्रेसले १२औं महाधिवेशनमा आवास र खाद्य व्यवस्थापनको जिम्मा पाएका नेता बलबहादुर केसी घुम्दै फिर्दै अहिले देउवा गुटमै पुगेका छन् । केसीले नेतृत्वको व्यवस्थापनले त्यो बेला भृकुटीमण्डपबाट १३ वटा खसी बेपत्ता पा¥यो । गौशाला क्षेत्रको कतिपय होटल तथा लजमा प्रतिनिधिको बास नभए पनि पार्टी कार्यालयमा रकम भुक्तानीको लागि बिल पुगेपछि पार्टीले अनुगमन गर्दा त्यो फट्याइँको भण्डाफोर भएको हो । यस पटक काँग्रेसले भोजनको व्यवस्था ग¥यो । तर लुटतन्त्रको ठाउँ आवासको चासो लिएन । किनकि आजका काँग्रेस, कम्युनिष्टहरू धनाढ्य छन् । आफ्नो क्षेत्रका कार्यकर्तालाई बास दिन सक्छन् भन्ने ठानेर काँग्रेसले प्रतिनिधिलाई गास अधिवेशनस्थलमा दिलायो बास दिएन । खाने दाउका नेताको लागि पार्टीको भेला तथा सम्मेलन कमाईको ठाउँ हुने गर्दछ तर यस पटक काठमाडौं काँग्रेसका सबुज बानियाले भोजनको जिम्मा लिएका थिए । ७ हजार २ सय ७५ प्रतिनिधिमध्ये सभपाति गगन थापाले ६ हजार ५ सय ८४ मत पाएर विजयी भए, चाक्सी बारीका श्याम खड्गीले ३ सय ७५ मत पाएका छन् । खड्गीले पाएको त्यो मत महाधिवेशनको तयारी पूरा भएपछि उम्मेदवार बन्नका लागि एकता प्रक्रियामा आएका देउवा समूहको मत हो । किनकि डा. शेखर कोइराला, कृष्ण सिटौला, डा. प्रकाशशरण महत, विमलेन्द्र निधिहरू निकटलाई त्यहाँ पठाइएको हो । प्रकाशमान सिंहले श्याम खड्गीलाई प्रयोग गरेका हुन् । उनलाई वंशगत उपलब्धीको चासो छ । प्रकाशमानको वंशवादले खड्गी वंशलाई च्याप्दा काँग्रेसमा उल्कापात भएन । प्रकाशमानले देउवा टिमलाई आफ्नो क्षमता देखाउृन पाएका हुन् । सर्वोच्च अदालत शेरबहादुर देउवालाई पाँचौ प्रधानमन्त्री बनाउन ओदश दिए जस्तै अब गगन थापाले असोज १८ बाट शुरु भई २४ गतेसम्मको एक हप्ता लगाएर गरेको १५औं महाधिवेशनलाई बदर गर्ने ठाउँ कहाँ छ । देउवा समूह हिजो कलस काँग्रेस बनेको भए पनि चुनावमा पार्टीमा पुनमिलन गर्न बाध्य थियो । आज त्यो ग्याङ रास्वपालाई जिताउन शंख चिन्ह लिन सक्छ । तर त्यसले चुनाव जितन नसक्ने निश्चित छ । काँग्रेसको मूल्य मान्यता गगन पक्षले नै लिएर जानतालाई आफ्नो पहिचान प्रदर्शन गरेको छ ।


सम्बन्धित समाचार

आर्थिक पक्षमा अर्थमन्त्री असफल

२०८३ आश्विन २८

ताजा नेपाल

मधेश हेपियो भन्दैछन् अमरेश

२०८३ आश्विन २८

ताजा नेपाल

अब विद्या र ओली देखाएर एमाले उठ्दैन

२०८३ आश्विन २८

ताजा नेपाल